५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

म अहिल्यै मन्त्री बन्दिनँ, पार्टीमा गर्नुपर्ने काम धेरै छन्ः महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री एवं झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नरहेको बताएका छन्।  शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सबैले चुनाव जितिसकेपछि मन्त्री बन्ने आकंक्षा राख्ने गरेपनि आफूमा मन्त्री बन्ने कुनै आकंक्षा नरहेको स्पष्ट पारेका हुन्। उनले पार्टीमा रहेर गर्नुपर्ने कामहरु धेरै रहेकाले मन्त्री बन्न अरुलाई सहयोग गर्ने बताए।  

महामन्त्री शर्माले सरकारमा मन्त्री बन्ने भन्दा पनि दूर दराजमा रहेका आम नागरिकको भावनाअनुसार काम गर्नेकुरा आफ्नो पहिलो प्राथमिकतामा रहेको स्पष्ट पारे। उनले कुनैबेला एक्लै दुई तिहाई ल्याएको काँग्रेस अहिले मिलेर चुनाव लड्दासमेत ५७ सिटमा सिमति भएको भन्दै चुनाव जित्ने बित्तिकै मन्त्री बन्न खुट्टा उचालिहाल्ने बेला नभएको बताए। उनले आफूले अहिले जिम्मेवार भएर मन्त्रीहरुको आकंक्षा राख्ने नेताहरु उपयुक्त छनोट गर्ने कुरामा ध्यान दिने बताए। महामन्त्री शर्माले यतिबेला सरकार कस्तो बन्ने सन्दर्भमा धारणा राख्न लाग्नुपर्ने बेला रहेको पनि बताए।

उनले भने, ‘सबैले चुनाव जितिसकेपछि मन्त्री बन्ने आकंक्षा राख्छन्, अनौठो कुरा होइन। अरु साथीहरुले राखिरहँदा त्यसमा म कुनै आलोचना गर्न पनिचाहन्। तर विश्वप्रकाश शर्माले के बिर्सिनु हुँदैन भन्दा १ वर्ष मात्रै पुगेको छ, महामन्त्री भएको। अहिले मैले पार्टीमा  गर्नुपर्ने धेरै कामहरु बाँकी छन्। दूर दराजका साथीहरुको भावना बमोजिम काम गर्न बाँकी छ। सबै साथीले सरकारमा जानुपर्छ भन्ने होइन।’

महामन्त्री शर्माले अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय भन्दा महत्वपूर्ण राष्ट्रपति को बन्ने भन्ने रहेको बताए। उनले अहिले बन्ने प्रधानमन्त्री दुई वर्षलाई मात्रै भएको भन्दै उनले गठबन्धनलाई सरकार बन्ने, बनाउने भन्ने नाममा बिथोलिन दिनु नहुने बताए। उनले राष्ट्रपति भवनमा व्यक्ति नभइ प्रवृत्ति लिएर जाने भएकाले पनि तेस्रो राष्ट्रपति बन्दै गर्दा समुदायको हिसावले पनि फरक प्रश्तुती हुन सक्नुपर्ने बताए।  महामन्त्री शर्माले काँग्रेसले, गठबन्धनका दलहरु र प्रतिपक्षले पनि सहजतापूर्वक लिनसक्ने राष्ट्रपति अहिलेको आवश्यक्ता भएको बताए।

महामन्त्री शर्माले राष्ट्रपति पदको चयन गर्दैगर्दा प्रधानमन्त्रीको कुरालाई प्रथम र अन्तिम नमानिकन राष्ट्रपतिको विषयलाई गम्भीरतापूर्वक लिएर संविधानको रक्षा र पालना गर्न आवश्यक रहेको बताए। उनले राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि संविधानलाई उल्लंघन गर्दा सर्वोच्च अदालतबाट आदेश आउनुपरेको भन्दै अब सो स्थिति सिर्जना हुन नदिने पनि बताए।

प्रकाशित: २ पुस २०७९ १२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App