निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगको निष्क्रिय पत्र सर्वोच्च अदालतमा नआएको सर्वोच्चले बताएको छ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले राणाविरुद्धको महाअभियोगको निष्क्रिय पत्र सर्वोच्च अदालतमा नआएको बताएका हुन्। उनले भने,'राणाविरुद्धको महाअभियोगको निष्क्रिय पत्र अहिलेसम्म सर्वोच्च अदालतमा आएको औपचारिक जानकारी आएको छैन्।'
राणाले भने संघीय संसद् सचिवालयले आफूविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र सर्वोच्चमा पठाएको र आज नै आफू अदालत जान लागेको बताएका थिए।
प्रकाशित: २१ मंसिर २०७९ ०७:१३ बुधबार