२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यक छ: मन्त्री श्रेष्ठ

फाइल तस्बिर।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यक रहेको बताएका छन्।

मंगलवार नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा आयोजना गरेको नेपाल सवत न्हूँद विषय विद्वत्गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्।

मन्त्री श्रेष्ठले नेपाल सवत्लाई राष्ट्रिय रुपमा मान्यता दिनको लागि राष्ट्रिय स्तरमा नै काम गर्न आवश्यक रहेको पनि बताए। उनले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समिति समारोह गर्नका लागि मात्रै गठन भएको हो की जस्तो भान हुने गरेको बताए।

उनले भने,‘ नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समिति एउटा समा समारोह गर्न मात्रै गठन भएको जस्तो भएको छ। हाम्रो प्रचलन पनि त्यस्तै छन्। त्यसैले शंखधर शाख्वाका नाममा काम गर्ने कतिपय संस्थाहरु पनि छन्। शंखधर शाख्वाको नाममा राष्ट्रिय स्तरको प्रतिष्ठान आवश्यकता रहेको छ। त्यस्ता प्रतिष्ठानहरु छन्। तर राष्ट्रिय रुपमा नै स्वीकार्य गर्ने रुपमा वा राष्ट्रिय रुपमा प्रतिनिधित्व हुने गरी प्रष्ठिान विकास गरेर अगाडि बढाउनसक्यौ भने शाख्वाका जीवन,योगदान र इतिहासका विषयमा राष्ट्रिय स्तरमा जानकारी लिन सहज हुनसक्छ।'

उनले नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन पर्यटन मन्त्रालयले गर्नुपर्ने आवश्यक काम अगाडि बढाउन मन्त्रालय तयार रहेको पनि बताए।

प्रकाशित: २० मंसिर २०७९ ०९:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App