coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चुनावसँगै एमालेसँगको सहकार्य सकियो: उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै एमालेसँगको सहकार्य सकिएको बताएका छन्। आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यादवले निर्वाचनमा एमालेसँग केहि सिटमा तालमेल गरेको र निर्वाचनसकिएसँगै  सहकार्य पनि सकिएको बताए।

जनता समाजवादी पार्टी सरकारको नेतृत्व गर्ने दलको नीति र आफूहरूले उठाउँदै आएका मुद्धा सम्बोधनको विषयलाई हेरेर कसलाई समर्थन गर्ने भन्ने निक्यौल गर्ने बताए। ‘चुनावमा एमालेसँग केहि सिटमा तालमेल गरेका थियौ’ यादवले भने‘ चुनाव सकिएसँगै एमालेसँगको सहकार्य पनि सकियो।’ उनले अब, नयाँ धरातलमा कसरी अघि बढ्ने भन्ने नीति पार्टीले लिने बताए।

यादवले निर्वाचनको पुरै नतिजा आइनसकेकाले जसपाले अहिलै सरकारमा जाने नजाने निर्णय गरिनसकेको स्पष्ट पारे। उनले देशैभर एउटै नीतिबाट जसपा अघि बढ्ने बताए।  

प्रकाशित: १८ मंसिर २०७९ १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App