२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता

स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० की पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पारेका छन्।  

निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार अर्यालले तीन हजार दुई सय ४७ मत तथा हालसम्म अर्यालले गल्याङ नगरपालिका–६ बाट पाँच सय ७२, वडा नं ७ बाट एक हजार तीन सय नौ, भीरकोट नगरपालिका–५ बाट चार सय २३, वडा नं ६ बाट तीन सय ४४ र वडा नं ७ बाट दुई सय ७२ मत प्राप्त गरेकी छन्।  

यस्तै कांग्रेस उम्मेदवार गुरुङले गल्याङ नगरपालिका–६ बाट चार सय ३८ र वडा नं ७ बाट चार सय ४२ तथा भीरकोट नगरपालिका–५ बाट आठ सय २३, वडा नं ६ बाट पाँच सय एक र वडा नं ७ बाट सात सय पाँच मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच सय ८९ मतसहित तेस्रो स्थानमा छन्।

स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो। हालसम्म  गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६ र ७ को मतगणना सकिएको छ। यहाँ कूल छ हजार ८२६ मत खसेको थियो। यसमध्ये छ हजार ५९६ मत सदर भएको थियो।  

यसैगरी क्षेत्र नं २ ९१० मा छ हजार ८२१ मतगणना हुँदा एमालेका मोहन रेग्मीले तीन हजार एक सय दुई मत प्राप्त गरेको निर्वाचन अधिकृत शर्माले जानकारी दिए। कांग्रेस उम्मेदवार भोजराज अर्यालले तीन हजार ९१ मत प्राप्त गरेका छन्। निर्वाचन सम्पन्न भएको दश दिन पछि स्याङ्जा–२ मा मतगणना सुरु भएको हो।

प्रकाशित: १५ मंसिर २०७९ ०३:२७ बिहीबार

Election 2079