२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जसले बढी मतान्तरले चुनाव जिते

पूर्वसञ्चारकर्मी रवि लामिछानेले चितवन २ बाट ३४ हजार बढी मतान्तरले जिते। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले ४९ हजार ३ सय मत पाए। उनले बहालवाला राज्यमन्त्री कांग्रेसका उमेश श्रेष्ठलाई हराए। श्रेष्ठले १४ हजार ९ सय ८८ मत पाएका थिए।

भक्तपुर १ बाट नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल ४२ हजार ७ सय ६१ मतले प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी एमालेका नवराज गेलाल ११ हजार ९ सय ६८ मतमा सीमित भए। सुवालले गेलालले भन्दा ३० हजार ७ सय ९३ मत बढी पाए।

झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीले निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ५ सय ७६ मतान्तरले जिते। ओलीले ५२ हजार ३ सय १९ र अधिकारीले २३ हजार ७ सय ४३ मत पाएका थिए।

रोल्पाबाट माओवादी केन्द्रका नेता वर्षमान पुनले एमालेका पूर्ण बुढामगरलाई फराकिलो अन्तरले पराजित गरे। रोल्पाबाट गठबन्धनका उम्मेदवार पुनले ४१ हजार ७ सय १४ र एमालेका बुढामगरले १६ हजार ४ सय ८५ मत पाए। उनीहरू बीचको हारजितमा २५ हजार २ सय २९ मतान्तर छ।

मोरङ ३ मा कांग्रेसका सुनिलकुमार शर्माले एमालेका भानुभक्त ढकाललाई २२ हजार ७ सय ३६ मतान्तरले पराजित गरे। सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले हराए। रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङले एमालेका कैलाश ढुंगेललाई १६ हजार ३ सय ६९ मतान्तरले पराजित गरे।

त्यस्तै ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले एमालेका अमृत खड्का र बहालवाला मन्त्री पम्फा भुसाललाई जितिन्। उनले निकटतम प्रतिस्पर्धीले भन्दा १८ हजार १७३ मत बढी पाइन्। गोरखा क्षेत्र १ मा कांग्रेसका राजेन्द्र बजगाईंले एमालेका रामशरण बस्नेतलाई १६ हजार ६ सय ४३ मतान्तरले पराजित गरे।

प्रकाशित: १५ मंसिर २०७९ ०१:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App