२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जो झिनो मतान्तरले पराजित भए

प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा केही उम्मेदवार झिनो मतले पराजित भए भने केही निकटतम प्रतिद्वन्द्वीले भन्दा दोब्बर मत बढी पाएर विजयी भए। यसपटक हारजितमा करिब ५० देखि ३४ हजार बढीसम्मको मतान्तर देखिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग टक्कर लिन डडेल्धुरा पुगेका सागर ढकालदेखि सञ्चारमाध्यम छाडेर राजनीतिक दल खोलेका रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीको पनि निकै चर्चा चल्यो।

प्रदेश १ को ताप्लेजुङबाट योगेशकुमार भट्टराईले झिनो मतान्तरले चुनाव जिते। उनले २१ हजार ९४३ मत पाए। निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री २१ हजार सात सय ५३ मत पाए। यो हारजितमा एक सय ५३ मतान्तर छ।

लुम्बिनी प्रदेशको दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्न सफल भइन्। रेखा २६ हजार आठ सय ८० मतसहित विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी पोखरेलले २६ हजार ६ सय ८७ मतमा सीमित भए। यो हारजितमा एक सय ९३ मतान्तर छ। पाँचथरबाट एमालेका वसन्तकुमार नेम्वाङ ३२ हजार एक सय १० मत पाएर विजयी भए। उनले ४७ मतान्तरले जितेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेले ३२ हजार ६३ मत पाए।

काठमाडौं १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह ७ हजार एक सय ४३ मत पाएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका रवीन्द्र मिश्रले ७ हजार १८ मत ल्याएर हारे। काठमाडौं १ मा मतगणनाका क्रममा निकै रोचक प्रतिस्पर्धा भएको थियो। अन्तिममा एक सय २५ मतले मिश्रले हारे।

मधेस प्रदेशको पर्सा ३ बाट एमालेका राजकुमार गुप्ता २४ हजार दुई सय ६० मत प्राप्त गरी विजयी बने। उनले १५१ मतान्तरले जितेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले २४ हजार १०९ मत पाए।

बारा २ बाट जनता समाजवादी पार्टी (जसपा) का रामसहायप्रसाद यादव १३ हजार ८ सय २२ मत पाएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहा १३ हजार चार स ६४ मतमा सीमित भए। कुशवाहले तीन सय ५८ मत कम पाउँदा हार्नुपर्‍यो।

कर्णाली प्रदेशको दैलेख २ बाट दिक्पालकुमार शाही २० हजार एक सय ५८ मत पाएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मीकुमार पोखरेलले २० हजार ५ मत प्राप्त गरे। उनी पनि एक सय ५३ मत कम पाउँदा पराजित भए।

सर्लाही ३ बाट एमालेका हरिप्रसाद उप्रेती ३२ हजार ९ सय ३८ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नरेन्द्र साह कलवारले ३२ हजार एक सय ६८ मत प्राप्त गरे। उनीहरू दुई बीचको मतान्तर ७ सय ७० छ।

धनुषा ४ बाट एमालेका रघुवीर महासेठ ३२ हजार २ सय ३६ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले ३२ हजार १ सय १२ मत पाए। यादव १ सय २४ मत कम पाउँदा जितमा पछि परे।

त्यस्तै पर्सा ३ बाट राजकुमार गुप्ता २४ हजार २ सय ६० मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी सुरेन्द्रप्रसाद चौधरी २४ हजार एक सय ९ मत प्राप्त गरे। उनीहरू बीचको मतान्तर १ सय ५१ छ। इलाम २ बाट एमालेका सुवाचन्द्र नेम्वाङ ३० हजार २० मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डम्मरबहादुर खड्काले २९ हजार ९०६ मत पाए। खड्काले ८ सय ८६ मतान्तरले हार्नुपर्‍यो।

सुनसरी १ बाट जनता समाजवादी पार्टीका अशोककुमार राई १७ हजार ५९ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १६ हजार ६ सय ६ मत पाइन्। 

प्रकाशित: १५ मंसिर २०७९ ००:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App