२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अर्घाखाँचीमा ७६ प्रतिशत उम्मेद्वारको जमानत जफत

अर्घाखाँची,मंसिर १४। यही मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा ७६ प्रतिशत उम्मेद्वारको जमानत जफत भएको छ। अर्घाखाँचीमा उम्मेदवारी दिएका २५ जनामध्ये १९ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

तीन पदका लागि निर्वाचनमा होमिएका २५ जनामध्ये सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने प्रदेश सभा (क) र (ख) का पाँच÷पाँच जना र प्रतिनिधी सभाका ९ जना गरी १९ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकृत सुरेश भण्डारीले बताए।

अर्घाखाँचीमा ६ जनाले मात्रै जमानत जोगाउन सफल भएका छन्। नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा बाहेकका दल तथा स्वतन्त्र उम्मेद्वारले आफ्नो जमानत बचाउन सकेनन्। सदर मतको १० प्रतिशत ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ। जिल्लामा उम्मेदवारी दिएका प्रतिनिधिसभातर्फका उम्मेदवारले रु. १० हजार र प्रदेशसभातर्फका उम्मेदवारले रु. ५ हजार धरौटीबापत जम्मा गरेको रकम फिर्ता पाउने छैनन्।

अर्घाखाँचीमा एक लाख ६४ हजार सात सय ६८ मतदाता रहेकामा ९० हजार नौ सय ८९ मत खसेको थियो। प्रतिनिधीसभामा ११ जना तथा दुई प्रदेशसभामा ७/७ जना गरी कुल २५ जना उम्मेद्वार चुनावी मैदानमा थिए।

प्रकाशित: १४ मंसिर २०७९ ०४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App