२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिष्पर्धीको घरमै पुगेर आशिर्वाद लिँदै

आफ्ना प्रतिष्पर्धी देबेन्द्रबहादुर कटुवालकी आमाको हातबाट आशिर्वाद थाप्दै भण्डारी।

म्याग्दीको प्रदेशसभा क्षेत्र नं १ मा निर्वाचित नेकपा माओवादी केन्द्रका नेता हरि भण्डारी अन्तिम मतपरिणाम सार्वजनिक भएपछि परिवारका सदस्यभन्दा पहिला प्रतिष्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष देबेन्द्रबहादुर कटुवालको घरमा पुगेर कटुवालकी आमा पुतली कटुवालसँग सफल कार्याकालको आशिर्वाद मागे। नाताले हजुरआमा पर्ने पुतलीले भण्डारीलाई आशिर्वाद दिइन्।

प्रदेशसभा सदस्य भण्डारीले प्रतिष्पर्धी कटुवाललाई घरमा नभेटेपछि फोनबाट संवाद गरे। विकास निर्माण सहितका विभिन्न एजेण्डामा सहकार्य गरी अगाडी बढ्ने लगायत विविध विषयमा कुराकानी भएको प्रदेशसभा सदस्य भण्डारीले बताए। ‘‘जित–हार एउटा कुरा हो, चुनाव अगाडिसम्म म गठबन्धनको उम्मेदवार थिए, अब प्रदेशसभा सदस्यको रुपमा सबैसँग मिलेर काम गर्छु’ भण्डारीले भने।

लोकतान्त्रिक प्रणाली मानेपछि प्रतिष्पर्धालाई स्वीकार गरेकाले जित्नेले दम्भ र हार्नेले हिनताबोधको वातावरण आफ्नो कार्यकालमा नहुने भण्डारीको भनाई छ। उनले सामान्य परिवारबाटै संघर्ष गदैं सांसद बनेको बताउँदै अबको दिनमा समेत सामान्य जिवनशैलीबाटै जनताको सेवामा सक्रिय हुने बताए। चुनावको नतिजापछि घरदैलो र ब्यक्तिगत भेटघाटमा ब्यस्त रहेका सांसद भण्डारी घरमै पुगेर प्रतिस्पर्धीबाट आर्सिरवाद थाप्ने कार्यले स्थानीय समेत उत्साहित भएका छन्। 

चुनावी अभियानलाई लिएर दलका नेताकार्यकर्ताहरुमा अझै खिचातानी, दुस्मनी र कतिपय अवस्थाका झडप समेत भइरहेको अवस्थामा सौहार्द सम्बन्धले दिर्घकालिन सन्देश प्रवाह गर्ने म्याग्दी बहुमुखी क्याम्पसका सह–प्रध्यापक रामजीप्रसाद सुबेदीले बताए। ‘यस्ता कार्यहरूले संस्कारयुक्त राजनीतिको सुरुवात गर्छ,‘ राजनीतिक सहिष्णुताले लोकतन्त्र बलियो हुन्छ, उम्मेदवारको परिपक्कता समेत झल्काउछ’सुबेदीले भने। म्याग्दीका दलहरू बिच राजनीतिक सहकार्य रहेकाले चुनाव आसपासमा फाटफुट घटना बाहेक अन्य समयमा एकता र सहकार्य हुने गरेको छ।

प्रकाशित: १४ मंसिर २०७९ ०४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App