coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कपिलवस्तुमा प्रतिनिधिसभा तर्फ ५.३१ प्रतिशत र प्रदेशसभातर्फ ४.४० प्रतिशत मत बदर

मतदाता शिक्षा प्रभावकारी नहुदा कपिलवस्तुमा बदर मत संख्या अत्यधिक रहेको पाइएको छ। गत मंसिरमा सम्पन्न निर्वाचनमा कपिलवस्तु जिल्लामा प्रतिनिधिसभातर्फ ५ दशमलव ३१ प्रतिशत र प्रदेशसभातर्फ ४ दशमलव ४० प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।  

तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा भएको बदर मत संख्यालाई हेर्दा मतदातामा शिक्षाको कमि भएको देखिएको हो। जिल्लामा कूल ३ लाख ७८ हजार २ सय ३२ मतदाता रहेकोमा प्रतिनिधिसभातर्फ १३ हजार ४ सय ५६ मत बदर भएको छ। प्रदेशसभामा ११ हजार १ सय ४३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी अनिता क्षेत्रीले बताइन्। समानुपातिकतर्फ १३ हजार १ सय ३७ मत बदर भएका छन्।  

प्रतिनिधिसभामा प्रदेशसभाको भन्दा धेरै मत बदर भएका छन्। बदर मतमा औंठा छाप लगाएका र तिन चार ठाँउ स्वस्तिक छाप लगाएका मतपत्र धेरै भेटिएको क्षेत्रीले बताइन्। कपिलवस्तु जिल्ला क्षेत्र नं १ मा १ लाख ४१ हजार १३ मतदाता रहेकोमा ९१ हजार ९ सय ४५ मत खसेको थियो। जसमा पाँच हजार ३ सय ९६ मत बदर भएको थियो। यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ७९ हजार ४ सय ५३ मतदाता रहेकोमा ५३ हजार ३ सय ४ मत खसेको थियो। जसमा २ हजार १ सय २४ मत बदर भएको थियो।  

त्यसैगरी प्रदेशसभा २ मा ६१ हजार ५ सय ६० मतदाता रहेकोमा ३८ हजार ५ सय ३२ मत खसेको थियो जसमा २ हजार १ सय ७३ मत बदर भएको थियो। निर्वाचन क्षेत्र नं २ मा १ लाख २१ हजार ६ सय ७६ मतदाता रहेकोमा ८३ हजार ९ सय २८ मत खसेको थियो। जसमा ३ हजार १ सय ९८ मत बदर भएको थियो। यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ६४ हजार ५ सय १७ मतदाता रहेकोमा ४५ हजार ५ सय ३९ मत खसेको थियो। जसमा १ हजार १ सय ८६ मत बदर भएको थियो। साथै, प्रदेशसभा २ मा ५७ हजार १ सय ५९ मतदाता रहेकोमा ३८ हजार ३ सय २२ मत खसेको थियो। जसमा १ हजार ७ सय ८२ मत बदर भएको थियो।

निर्वाचन क्षेत्र नं ३ मा १ लाख १५ हजार ५ सय ४३ मतदाता रहेकोमा ७७ हजार ६ सय ३६ मत खसेको थियो। जसमध्ये ४ हजार ८६२ मत बदर भएको थियो। यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ६२ हजार ५८ मतदाता रहेकोमा ४१ हजार ८ सय ४९ मत खसेको थियो। जसमा १ हजार ८०८ मत बदर भएको थियो। साथै, प्रदेशसभा २ मा ५४ हजार ८ सय ८५ मतदाता रहेकोमा ३५ हजार ६ सय २४ मत खसेको थियो। जसमा दुई हजार ७० मत बदर भएको थियो।  

यस्तै समानुपातिक तर्फ क्षेत्र न. १ मा ४ हजार ९ सय २० मत बदर भएको छ। क्षेत्र न. २ मा ३ हजार ५ सय २३ मत बदर भएको जानइएको छ। त्यस्तै क्षेत्र न. ३ मा ४ हजार ६ सय ९४ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कमा रहेको छ।

प्रकाशित: १३ मंसिर २०७९ ११:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App