३ माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

मेयर हर्क साम्पाङले नवनिवार्चित सांसदहरुलाई दिए बधाई

सुनसरी १ बाट प्रतिनिधिसभा र प्रदेशसभामा निवार्चित सांसदहरु र नवनिवार्चित सांसदहरुलाई बधाई दिन पुगेका मेयर हर्क साम्पाङ। तस्बिर: रोहित

धरानका मेयर हर्कराज राई (साम्पाङ)ले सुनसरी क्षेत्र नं १ बाट निवार्चित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुलाई भेटेर बधाई दिएका छन्।

निर्वाचन अधिकृतको कार्यालय धरान ८ स्थित सभागृहमा निवार्चित भएको प्रमाणपत्र वितरण समारोहमा पुगेर मेयर साम्पाङले तीनै जना सांसदहरुलाई भेटेर बधाई दिएका हुन्। सुनसरी १ बाट प्रतिनिधिसभामा जसपाका नेता अशोककुमार राई निवार्चित भएका छन् भने प्रदेशसभा १ (१) मा एमालेका रमेश बस्नेत र प्रदेशसभा १ (२) मा एमालेकै विजयकुमार राई विजयी भएका छन्।

मेयर साम्पाङले मतपरिणामबारे प्रतिक्रिया दिंदै जनताको जित भएको बताए। उनले धरानको विकास र उन्नतीको लागि निवार्चित सांसदहरुसँग सहकार्य गरेर अघि बढ्ने पनि बताए। ‘जनताको रोजाई नै बेष्ट हो। जनताको जीत भएको छ, खुशी छुँ,’उनले भने,‘धराने जनताको विभिन्न समस्याहरु छन्, ती समस्यहरुलाई सटिक तरिकाले सम्बोधन गर्ने गरि अभिभावकाहरु पाएका छौं।’

प्रकाशित: १२ मंसिर २०७९ ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App