३ माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

सुनसरी ४ मा सञ्चारमन्त्री कार्की १६३ मतले अगाडि, ३ मा गच्छदार ४ हजार ६९० मतले पछाडि

ज्ञानेन्द्रबहादुर कार्की र विजयकुमार गच्छदार।

सुनसरी क्षेत्र नं. ३ र ४ को प्रतिनिधीसभा निर्वाचन सबैको चासो र चर्चाको विषय बनेको छ। जसमा क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदार र क्षेत्र नं. ४ मा सञ्चार, सूचना तथा प्रविधिमन्त्री समेत रहेका काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार भएकाले चासो बनेको हो। पछिल्लो मत परिणाम अनुसार कार्की १६३ मतले अग्रता लिएका छन् भने गच्छदार चार हजार ६९० मतले पछि परेका छन्।  

पछिल्लो मत परिणाम अनुसार कार्कीले २२ हजार २१२ मत प्राप्त गर्दा एमालेका जगदीस कुसियतले २२ हजार ४९ मत ल्याएका छन्। कार्की र कुसियतबीच कडा प्रतिस्पर्धा रहेको छ। उनीहरुबीच मत घटबढ हुने क्रम चलिरहेको छ।  

क्षेत्र नं. ४ (क) मा नेपाली काँग्रेसका षडानन्द मण्डल  १० हजार ५५० मत ल्याएर अग्र स्थानमा हुँदा एमाले–जसपाका तर्फबाट जसपाका पर्शुराम बस्नेतले ८ हजार १३३ मत प्राप्त गरेका छन्। क्षेत्र नं. ४ (ख) मा नेपाली काँग्रेसका डाक्टर हाजी इसरायल अन्सारीले १० हजार ७२७ मत ल्याउँदा एमालेका उम्मेदवार हाजी अब्बास अन्सारीले ९ हजार ४४ मत प्राप्त गरेका छन्।  

क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ। पछिल्लो मत परिणम अनुसार ४९ हजार ११३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ् (सरिन) ले १० हजार १५६ मत ल्याएर अग्र स्थानमा हुँदा एमाले–जसपाका उम्मेदवार अशोककुमार राई आठ हजार ७०३ मत ल्याएर पछ्याइ रहेका छन्। यस्तै, गठबन्धनका उम्मेदवार मुक्साहाङ् मेन्याङ्वोले सात हजार ७१२ मत प्राप्त गरेका छन्।  

क्षेत्र नं. १ (क) प्रदेशसभा नेकपा एमालेका रमेशकुमार बस्नेत निर्वाचित भइ सकेका छन्। क्षेत्र नं. १ (ख) मा नौ हजार चार सय ६१ मत गणना हुँदा सवैभन्दा एमालेका उम्मेदवार विजय राईले दुई हजार ६२६ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अनिस ढकालले दुई हजार २७८ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार रोहित सुब्बाले एक हजार ४०६ मत ल्याएका छन्।  

क्षेत्र नं.  २ प्रतिनिधीसभामा नेकपा एमालेका भीम आचार्य २५ हजार ७७७ मत ल्याएर अग्र स्थानमा छन्। सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार सीताराम महतोले २१ हजार ५८५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापाले १६ हजार ९५१मत ल्याएका छन्।  

क्षेत्र नंं. २ (क) मा एमालेका रेवतीरमण भण्डारीले १४ हजार ५२८ मत प्राप्त गरि विजयी भइसकेका छन्।

क्षेत्र नं. २ (ख) मा नेपाली काँग्रेसका राजीव कोइराला अगाडि छन्। उनले १३ हजार ८४ मत ल्याउँदा एमालेका रामप्रसाद मेहताले १२ हजार ७३६ मत ल्याएर पछ्याई रहेका छन्।    

क्षेत्र नं.३ प्रतिनिधीसभामा एमालेकी भगवती चौधरीले १७ हजार ७४१ मत ल्याएर अग्र स्थानमा छिन्। काँग्रेसका नेता बिजयकुमार गच्छदार १३ हजार ५१ मत ल्याएर भगवतीलाई पछ्याई रहेका छन। यस्तै, प्रदेशसभातर्फ ३ (क) मा एमालेका रोहितकुमार कार्की १६ हजार १११ मतसहित अग्र स्थानमा छन्। उनलाई गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी सरस्वती पोखरेलले सात हजार ८९४ मत ल्याएर पछ्याइ रहेकी छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका खड्ग श्रेष्ठले पाँच हजार ७५ मत ल्याएका छन्।

प्रकाशित: १० मंसिर २०७९ ०६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App