१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र नेपालका लागि अमेरिकी राजदुत थम्पसनबीच भेटघाट

सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी राजदुत डिन आर.थम्पसनबीच भेटघाट भएको छ।

शुक्रबार सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा भेटघाट भएको हो। भेटका अवसरमा महानिरीक्षक अर्याल र राजदुतबीच दुई देशको सम्बन्ध र  आपसी हितका बिषयमा कुराकानी भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताएका छन्।  

शिष्टाचार भेट वार्ताले दुई देशबीच रही आएको सम्बन्धलाइ थप उचाइमा पुर्याउने विश्वास सशस्त्र प्रहरी बल मुख्यालयले लिएको छ। अमेरिकी राजदुत डिन आर। थम्पसन नेपालको राजदूत भएर आएपछि पहिलो पटक सशस्त्र प्रहरी मुख्यालय पुगेर आइजीपी अर्यालसँग भेटघाट गरेका हुन्।

प्रकाशित: ९ मंसिर २०७९ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App