८ वैशाख २०८१ शनिबार
राजनीति

कैलाली क्षेत्र नं २ को प्रदेश (क) मा काँग्रेस (ख) मा नागरिक विजयी

कैलाली क्षेत्र नं २ (क) मा नेपाली काँग्रेसका कमलबहादुर शाह विजयी भएका छन्। उनी निकटतम् प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका रतन थापा भन्दा १ हजार ६५७ मतान्तरले विजयी भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार शाहले १० हजार ४३३ मत प्राप्त गरेका छन् भने थापाले ८ हजार ७७५ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार कमला ओलीले ८ हजार ८२ मतमै चित्त बुझाउनु परेको छ। थापा निवर्तमान प्रदेस सभा सदस्य हुन् भने ओली राष्टिय सभा सदस्य हुन्।

त्यस्तै क्षेत्र नं २ (ख) मा भने नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी विजयी भएका छन्। चौधरी नेकपा एमालेका डेजी पाण्डे भन्दा ३ हजार ७५३ मत बढी ल्याएर विजयी भएका हुन्। चौधरीले १० हजार ६६५ मत ल्याउँदा पाण्डेले ६ हजार ९१२ मत ल्याएका थिए।  

पाण्डे नेकपा एमाले कैलालीका सचिव हुन्। २०७४ को प्रदेस सभा निर्वाचनमा विजयी भएका माओवादी केन्द्रका नन्दबहादुर साउँद भने ६ हजार ५५९ मतमै सीमित भएका छन्। कुल खसेको २८ हजार ५१० मध्ये १ हजार ५३९ मत बदर भएको छ।

प्रकाशित: ८ मंसिर २०७९ १८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App