८ वैशाख २०८१ शनिबार
राजनीति

माओवादी नेतृ कृष्णा प्रदेश सांसदमा पुनः निर्वाचित

नेकपा (माओवादी केन्द्र) की नेतृ कृष्णा केसी ‘नमुना’ बाँकेको क्षेत्र नम्बर १ अन्तरगत प्रदेश सभा–१ (क) बाट सांसदमा पुनः निर्वाचित भएकी छन्। २०७४ सालको निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट लुम्बिनी प्रदेशको सांसदमा निर्वाचित भएकी थिइन्।

नागरिक उन्मुक्ती पार्टीका सोमराज चौधरीलाई १ हजार १ सय ३७ मतले हराउँदै नेतृ कृष्णा बिहीबार राती निर्वाचित भएकी हुन्। नमुनाले ९ हजार १ सय ३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी चौधरीले ७ हजार ९ सय ६६ मत ल्याएका छन्।

यस्तै तेस्रो स्थानमा आएका राप्रपाका नरेन्द्र कुमार पौडेलले ७ हजार २ सय ५८ मत प्राप्त गरे। यसैगरी जनता समाजवादी पार्टी (जसपा) का अम्बरबहादुर खड्काले ३ हजार ७ सय ६ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदजार तीर्थराज डाँगीले २ हजार ४ सय ८९ मत प्राप्त गरे। २०७४ सालको निर्वाचनमा कृष्णा तत्कालिन बाम गठबन्धनका तर्फबाट निर्वाचित भएकी थिइन्।

यसपटक उनी नेपाली काँग्रेस, माओवादी केन्द्र सहित सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बनेकी थिइन्। राप्रपाका पौडेललाई नेकपा एमालेको समर्थन रहेको थियो। यस्तै नागरिक उन्मुक्ती पार्टी, जसपा लगायतका दलका उम्मेदवार भने एक्ला एक्लै चुनाव लडेका थिए।

प्रकाशित: ८ मंसिर २०७९ १७:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App