१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुनसरी १ मा राष्ट्रिय स्वतन्त्रका तामाङको अग्रता कायमै, प्रदेशसभा (क) मा एमाले अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङ (सरिन)। तस्बिर: नागरिक

सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ।  

निर्वाचन अधिकृतको कार्यालय धरानले बिहिबार साँझ ६ बजेसम्म २७ हजार ९७८ मतगणनाको नतिजा सार्वजनिक गर्दा रास्वपका उम्मेदवार गोमा तामाङ (सरिन)ले एमाले–जसपाका उम्मेदवार अशोककुमार राईलाई ६९५ मतले पछि पारेका छन्। तामाङले ५४५४ मत प्राप्त गरेका छन् भने राईले ४७५९ मत पाएका छन्।

गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोको मत ४६०४ रहेको छ। स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले ३८९३ मत पाएका छन् भने राप्रपाका उम्मेदवार अशोक राई (अविरल)ले ३०९६ मत पाएका छन्। यस्तै, स्वतन्त्र उम्मेदवार मातृकाप्रसाद भट्टराईले १४१८ मत पाएका छन् भने तर्कबहादुर मगरले १३१६ मत पाएका छन्।

प्रदेशसभा १ (क) मा एमाले अगाडि

प्रदेशसभा १ (क) मा एमाले उम्मेदवार रमेश बस्नेतको पनि अग्रता कायमै छ। प्रदेशसभा १ (क)तर्फ २८ हजार ८१ मत गणना सकिदा एमालेका उम्मेदवार बस्नेतले ८ हजार ८२ मत पाएका छन्। उनीभन्दा ११०५ मत पछि रहेका गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका उमेश थापाले ६ हजार ९७७ मत पाएका छन्।  

यसैगरि, तेस्रो स्थानमा राप्रपाका उम्मेदवार उद्धव श्रेष्ठ (मकै)को मत ६ हजार ३९० रहेको छ भने स्वतन्त्र उम्मेदवार समिर तामाङले २ हजार ६०४, हाम्रो नेपाली पार्टीका विजय कालिकोटेले ८१९, खगेन्द्र श्रेष्ठले ७५८ मत पाएका छन्।

प्रकाशित: ८ मंसिर २०७९ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App