coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सिन्धुली १ मा कांग्रेसका श्यामकुमार घिमिरे विजयी

२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा सिन्धुली क्षेत्र नम्बर १ का प्रदेशमा नेकपा एमालेका प्रदिपकुमार कटुवालसँग काँग्रेसका श्यामकुमार घिमिरेले हार व्यहोर्नुपर्‍यो। संयोग यस्तो परेको छ सिन्धुली प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा उनै कटुवाललाई फराकिलो मतान्तरणले हराउदै घिमिरे विजेता बने। झन्डै २५ वर्षपछि नेकपा एमालेको किल्ला भत्काएर काँग्रेसका घिमिरे विजयी बन्न सफल भएका छन्।  

घिमिरेले ३० हजार ३ सय ९१ मतल्याएर विजयी बनेका हुन् भने उनका निकटमत प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदीप कटुवालले २५ हजार ५ सय ४६ मत पाएका थिए।  

२०७४ सालमा प्रदेशसभामा तिनै कटुवालबाट नराम्रोसँग हार ब्यहोरेका घिमिरेले अहिले प्रतिनिधिसभामा निर्वाचित भएका छन्। आफुलाई जसले हरायो उसैलाई हराएर घिमिरेलाई सांसद बन्ने संयोग मिलेको छ। २०२२ सालभदौ २५ गते तत्कालिन बेलघारी गाविसमा जन्मिएका घिमिरेले १४ वर्षको बाल्य अवस्थाबाटै राजनीतिक यात्रा सुरु गरेको सुनाउछन्।  

विद्यार्थी जिवनबाट राजनीतिक यात्रा सुरु गरेका घिमिरेले यस अघि नेपाली काँग्रेसको दुई कार्यकाल केन्द्रिय सदस्यमा भएर काम गरिसकेका छन्। हाल तेस्रो कार्यकालको केन्द्रिय सदस्य समेत रहेका घिमिरेले इतिहास विषयमा एम ए सम्मको औपचारिक शिक्षा हासिल गरेका छन्।  

जनताको आकांक्षा धेरै भएको र आशा गरेअनुसारको काम नभएपछि जनताले आफुलाई रोजेको घिमिरेले प्रतिक्रिया दिएका छन्। विकास भन्ने वित्तिकै निर्माण सँग जनताको अपेक्षा जोडिन्छ, उनले भने बाटो बत्ति शिक्षा स्वास्थयमै मेरो पहिलो प्राथमिकता रहन्छ।  

प्रकाशित: ८ मंसिर २०७९ १३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App