१ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

कैलाली १ मा रञ्जिता श्रेष्ठको सानदार जित

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पति रेशमलाल चौधरीको बिरासत जोगाउन सफल भएकी छन्। उनी अत्याधिक मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुन्।  

उनी कैलालीको क्षेत्र नं. १ बाट निकटतम प्रतिस्पर्धी भन्दा १२ हजार ३२३ मतान्तरले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडका अनुसार श्रेष्ठले ३० हजार ४०४ मत पाएकी छिन्। उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका पूर्वमन्त्री रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन्।  

नेकपा एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार ९१०, राप्रपाका लोकेन्द्रबहादुर कुँवरले ३ हजार ६४८ र स्वतन्त्र पार्टीका टंक ढुंगानाले १ हजार ८६९ मत पाएका छन्। अन्य सात उम्मेदवारले हजार मत पुर्याउन सकेनन्।  

मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा कुल १ लाख ६ हजार ७०३ मतदाता मध्ये ६४ हजार १६४ जनाले मतदान गरेका थिए। ती मध्ये ३ हजार २८६ मत बदर भएको सहायक निर्वाचन अधिकृत ओडले जानकारी दिइन्।

प्रकाशित: ८ मंसिर २०७९ ११:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App