२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जाजरकोटबाट माओवादी नेता बस्नेत विजय

जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत विजयी भएका छन्।

बस्नेतले ३४ हजार १ सय ५१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निरज प्रसाद आचार्यले २५ हजार १ सय २० मत प्राप्त गरे।

बस्नेतले जाजरकोटबाट २०७० र २०७४ सालको निर्वाचनमा पनि विजयी भएका थिए। माओवादी संसदीय राजनीतिमा आएपछि बस्नेत २०६८ सालमा स्वास्थ्य मन्त्री, २०७२ सालमा गृहमन्त्री र २०७४ सालमा वन मन्त्री भइसकेका छन्।

प्रकाशित: ८ मंसिर २०७९ ०६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App