८ वैशाख २०८१ शनिबार
राजनीति

म्याग्दीमा गठबन्धनका गर्बुजा निर्वाचित

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उमेदवार खमबहादुर गर्बुजा (खम्बिर) निर्वाचित भएका छन्। सत्तारुढ पाँच दलीय गठबन्धनबाट उमेदवार नेपाली काँग्रेस म्याग्दीका सभापति गर्बुजाले नेकपा एमालेका उमेदवार हरीकृष्ण श्रेष्ठलाई ३८३२ मतान्तरले पराजित गरेका हुन्।

गर्बुजाले २४०२१ र श्रेष्ठले २०१८९ मत प्राप्त गरे। गर्बुजा वि.स. २०७० र २०७४ मा एमालेका उमेदवारसँग झिनो मतान्तरले पराजित भएका थिए। तेस्रो पटक प्रतिनिधिसभा सदस्यउमेदवार बनेका गर्बुजालाई नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनमोर्चाले सर्मथन गरेका थिए।

यसअघि वि.स. २०५६ मा म्याग्दीमा नेपाली काँग्रेसका उमेदवार नारायणसिंह पुनले चुनाव जितेका थिए। म्याग्दीमा काँग्रेसले २३ वर्षपछि जित निकालेको हो। आइतबार भएको मतदानमा ८६ हजार १२० जना मध्य ५० हजार ६२५ अथवा ५८.७८ प्रतिशत मत खसेको थियो। ९ जना उमेदवार थिए।

म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा यसअघिनै गठबन्धनबाट उमेदवार बनेका नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जाली (सुविन) निर्वाचित भएका छन्।

प्रकाशित: ७ मंसिर २०७९ १८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App