१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रदेश १ मा एमाले अगाडि

प्रदेश १ मा नेकपा एमाले पहिलो पार्टी हुने देखिएको छ। प्रदेश १ का २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्ये हालसम्म एमालेले दुई वटा निर्वाचन क्षेत्रमा जित निकालिसकेको  र ११ स्थानमा अग्रता कायम गरिरहेको छ।

यस्तै नेपाली कांग्रेसले ७ स्थानमा अग्रता कायम गरिरहेको छ। नेकपा माओवादीले ४, राष्ट्रिय स्वतन्त्र पार्टीले २ , राप्रपाले १ र स्वतन्त्र उम्मेदवारले १ स्थानमा अग्रता कायम गरेका छन्।  एमालेका ताप्लेजुङका  उम्मेदवार योगेश भट्टराई विजयी भइसकेका छन्। २१ हजार ९ सय ४३ मत ल्याएर उनले नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीलाई पराजित गरेका हुन्। बुढाथोकीले २१ हजार ७ सय ३५ मत प्राप्त गरका छन्।  

यस्तै उदयपुर क्षेत्रनम्बर २ मा पनि एमालेका उम्मेदवार अम्मरबहादुर रायमाझी १५ हजार २ य ५१ मत ल्याएर निर्वाचित भए।  उनका निकटतम प्रतिस्पर्धी नेकपा एककृत समाजवादी पार्टीका  जग्गन्नाथ खतिवडाले १२ हजार ८ सय ९३ मत ल्याए। यस्तै नेकपा एमालेले इलामको दुबै क्षेत्रमा अग्रता कायम गरिरहेको छ। इलाम १ मा नेकपा एमालेका महेश बस्नेत १० हजार २ य ८७ मतकासथा अग्र स्थानमा छन्। उनलाई नेकपा एकिकृत समाजवादीका झलनाथ खनालले ८ हजार ७ सय ८० मतकासाथ पछ्याइरहेका छन्।  

इलाम २ मा नेकपा एमालेका सुवास नेम्वाङ् ९ हजार ९ सय ८३ मतल्याएर  अग्र स्थानमा छन्। उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ८ हजार ७ सय २५ मतका साथ पछ्याइरहेका छन्। यस्तै तेह्थुममा नेकपा एमालेका विजय सुब्बा ४ हजार १ सय ७२ मत ल्याएर अग्रस्थानमा छन्। उनलाई नेपाली कांग्रेसकी सीता गुरूङले २ हजार ३ सय ८१ मतले पछ्याइरहेकी छिन्। धनकुटामा  नेकपा एमालेका राजेन्द्रकुमार राई १५ हजार ३ सय ३६ मतले अग्रता कायम गरिरहेका छन्। उनलाई नेपाली कांग्रेसका सुनिलबहादुर थापाले १४ हजार ७ सय ६५ मतले पछ्याइरहेका छन्। सोलुखुम्बुमा नेकपा एमालेका मानविर राई ४ हजार ६ सय २५ मतकासाथ अग्र स्थानमा छन्। उनलाई नेपाली कांग्रेसका वलबहादुर केसीले ४ हजार १ सय ३ मतले पछ्याइरहेका छन्। झापा २ मा नेकपा एमालेका देवराज घिमिरे १९ हजार १ सय ८९ मतकासाथ अग्र स्थानमा छन्। उनलाई स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले १७ हजार ५ सय ९७ मतकासाथ पछ्याइरहेका छन्।  

नेकपा माओवादीका उम्मेदवार हरिकुमार रानामगर १० हजार १ सय ८९ मतकासाथ तेस्रो स्थानमा छन्। झापा क्षेत्रनम्बर ५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले ४४ हजार ८ सय ५ मतकासाथ अग्र स्थानमा छन्। उनलाई नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २१ हजार १ सय ५४ मतले पछ्याइरहेका छन्। सुनसरी ३ मा नेकपा एमालेकी भगवती चौधरी १ हजार ६ सय ४६ मत ल्याएर अग्र स्थानमा छिन्। उनलाई राष्ट्रि«य स्वतन्त्र पार्टीका कमल बुढामैनालीले १ हजार २ सय ६६ मतले पछ्याइरहेका छन्। नेपाली कांग्रेसका विजय गच्छदार १ हजार ३२ मतकासाथ तेस्रो स्थानमा छन्। सुनसरी ४ मा नेकपा एमालेका जगदिश कुर्सियत ५ हजार ५ सय ६८ मतकासाथ अग्र स्थानमा छन्। उनलाई नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्कीले ४ हजार ९ सय ४९ मतले पछ्याइरहेका छन्। मोरङ १ मा नेकपा एमालेका घनश्याम खतिवडा ८ हजार १ सय ४१ मतले अग्र स्थानमा छन्। उनालाई नेपाली कांग्रेसका डिगबहादुर लिम्बुले ७ हजार ७९ मतले पछ्याइरहेका छन्।  

राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबहादुर श्रेष्ठ ३ हजार ६ सय ८६ मतल्याएर तेस्रो स्थानमा छन्। मोरङ क्षेत्रनम्बर २ मा नेकपा एमालेका ऋषिकेश पोखरेल ११ हजार ३ सय ४२ मत ल्याएर अग्र स्थानमा छन्। उनलाई नेपाली कांग्रेसकी सुजाता कोइराला १० हजार ५ सय ५७ मतले पछ्याइरहेकी छिन्।  

यता नेपाली कांग्रेसले प्रदेश १ को ७ स्थानमा अग्रता कायम गरिरहेको छ। नेपाली कांग्रेसका संखुवासभाका उम्मेदवार दिपक खड्का ४ हजार ६ सय ३९ मतकासाथ अग्र स्थानमा छन्। उनलाई नेकपा एमालेका राजेन्द्र गौतमले ३ हजार ७ सय १५ मतले पछ्याइरहेका छन्। नेपाली कांग्रेस ओखलढुंगाका उम्मेदवार रामहरि खतिवडाले ३३ हजार १ सय १२ मतकासाथ अग्रता कायम गरिरहेका छन्। उनलाई नेकपा एमालेका यज्ञराज सुनुवारले २६ हजार २ सय ६ मतले पछ्याइरहेका छन्। उदयपुरमा नेपाली कांग्रेसका उम्मेदवार डा नारायण खड्का १ हजार २ सय ५५ मतले अग्र स्थानमा छन्। उनलाई नेकपा एमालेकी मञ्जु चौधरीले १ हजार २ सय २२ मतले पछ्याइ रहेकी छिन्। पाँचथरमा नेपाली कांग्रेसका उमेदवार भिष्मराज आङ्दाम्वे ९ हजार ७ सय ४९ मतले अग्रस्थानमा छन्। उनलाई नेकपा एमालेका वसन्त नेम्वाङले ९ हजार ६ सय ४९ मतले पछ्याइरहेका छन्। झापा १ मा नेपाली कांग्रेसका विश्वपप्रकाश शर्माले ३८ हजार ४ सय ५८ मतले अग्र स्थानमा छन्। उनलाई नेकपा एमालेका अग्नीप्रसाद खरेलले २४ हजार ५ सय ९३ मतले पछ्याइरहेका छन्। मोरङ ३ मा नेपाली कांग्रेसका शुनिल शर्मा १५ हजार ७ सय ७४ मतले अग्रस्थानमा छन्। उनलाई नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले ९ हजार ४ सय ७४ मतले पछ्याइरहेका छन्। राप्रपाकी रेखा थापा ३ हजार ३ सय ५२ मतल्याएर तेस्रो स्थानमा छिन्। यस्तै मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका डा शेखर कोइराला १२ हजार ४ सय ३९ मतले अग्र स्थानमा छन्। उनलाई नेकपा एमालेका लालबाबु पण्डितले १० हजार २ सय ८० मतले पछ्याइरहेका छन्।  

प्रदेश १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरूले ४ स्थानमा अग्रता कायम गरिरहेका छन्। भोजपुरमा नेकपा माओवादी केन्द्रका सुदन किंराती ९ हजार ६५ मतले अग्र स्थानमा छन्। उनलाई नेकपा एमालेका शेरधन राईले ७ हजार ८० मतले पछ्याइरहेका छन्। खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई ९ हजार ७ सय ३५ मतले अग्रस्थानमा छन्। उनलाई नेकपा एमालेका विशाल भट्टराईले ८ हजार ९ सय ८ मतले पछ्याइरहेका छन्। सुनसरी १ मा नेकपा माओवादी केन्द्रका मुक्साहाङ सुब्बा ३ हजार १ सय ७५ मतले अग्रस्थानमा छन्। उनलाई जसपाका उम्मेदवार अशोक राईले २ हजार ७ सय ६४ मतले पछ्याइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ २ हजार ४ सय २८ मतल्याएर तेस्रो स्थानमा छिन्। प्रदेश १ को २ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम गरिरहेका छन्। सुनसरी २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लालबिक्रम थापा ४ हजार ४९ मतले अग्रस्थानमा छन्। उनलाई नेकपा एमालेका भीमप्रसाद आचार्यले ३ हजार १ सय ४७ मतले पछ्याइरहेका छन्। नेपाली कांग्रेसका सिताराम महतो २ हजार १ सय २२ मतल्याएर तेस्रो स्थानमा छन्।  

झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाल ६ हजार ५ सय ८२ मतले अग्रस्थानमा छन्। उनलाई नेकपा एमालेका लालप्रसाद लिम्बुले ६ हजार २ य २९ मतले पछ्याइरहेका छन्। नेपाली कांग्रेसका देउकुमार थेवे ४ हजार ४ सय ९५ मत ल्याएर तेस्रो स्थानमा छन्। प्रदेश १ मा स्वतन्त्र उम्मेदवारले एक स्थामा अग्रता कायम गरेका छन्। मोरङ ५ का स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल १४ हजार ७ सय ५२ मतले अग्र स्थानमा छन्। उनलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार  शिवकुमार मण्डलले १० हजार ५ सय ९६ मतले पछ्याइरहेका छन्। जसपाका उम्मेदवार राजकुमार यादव १० हजार ४ सय ६५ मत ल्याएर तेस्रो स्थानमा छन्।  

प्रकाशित: ७ मंसिर २०७९ १२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App