४ वैशाख २०८१ मंगलबार
राजनीति

कास्की–२ मा राष्ट्रिय स्वतन्त्रका कँडेलको अग्रता कायमै

कास्कीको निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले अग्रता कायमै राखेका छन्। कँडेलले नेकपा एमालेकी विद्या भट्टराई अधिकारीलाई १ सय ४९ मतले पछि पार्दै अग्रता कायमै राखेका हुन्। अग्रता बनाएका कँडेलले हालसम्म ३ हजार ५ सय ४७ मत प्राप्त गरेका छन् भने एमालेकी भट्टराईले ३ हजार ८ सय ९८ मत ल्याएर पछ्याईरहेकी छिन्। 

त्यस्तै, गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले १ हजार ९ सय ७४, राप्रपाका सुवर्णराज पन्तले १ हजार ३ सय ४७ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार ऋगेन्द्र गिरीले २ सय ६१, हाम्रो नेपाली पार्टीकी शिरिष गुरुङले २ सय ११, स्वतन्त्र उम्मेदवार महादेव गुरुङले २ सय २२, जनता समाजवादी पार्टी नेपालकी बुद्धिकुमारी गुरुङले १ सय ३१, मंगोल नेशनल अर्गानाइजेशनका ज्ञानराज गुरुङले ९९, जनमत पार्टीका महेन्द्र शर्माले ३९, स्वतन्त्र उम्मेदवार तारानाथ सुवेदीले २३, राष्ट्रिय जनमुक्ति पार्टीका ईश्वरबहादुर रानाले १६, आमुल परिवर्तन मसिहा पार्टी नेपालका गिताबहादुर रोकाले २२ मत प्राप्त गरेका छन् ।

त्यसैगरि, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार राईले ७, नेपाल मजदुर किसान पार्टीका पशुपति प्रजापती र स्वतन्त्र उम्मेदवार जमुना शर्माले २÷२ मत तथा स्वतन्त्र उम्मेदवार गितानाथले १ मत प्राप्त गरेका छन।

प्रकाशित: ६ मंसिर २०७९ ०८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App