१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निवार्चनको दिन उपत्यकामा १४ सय ३६ वटा सवारी साधन प्रहरी नियन्त्रणमा

काठमाडौं उपत्यकामा प्रहरीले पास बिना चलाएका सवारी साधनलाई रोक लगाएको छ। उपत्यकामा आज आइतबार बिहान ४ बजेबाट मध्यान्ह साढे १ बजेसम्ममा १ हजार ४३६ सवारी साधनलाई नियन्त्रणमा लिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एससएपी राजेन्द्रप्रसाद भट्टले बताए।  

सवारी पास बिना सञ्चालनमा आएका सवारीमा ८७ वटा चारपांग्रे र १३ सय ४९ वटा दुईपांग्रे सवारी छन्। नियन्त्रणमा लिएर राखिएका सवारी साधनलाई निर्वाचन सम्पन्न भएपछि साँझ ७ बजे सम्बन्धित धनीलाई जिम्मा लगाइने एससएपी भट्टले जानकारी दिए। 

प्रकाशित: ४ मंसिर २०७९ ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App