१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

देश ठीक दिशातर्फ अघि बढिरहेको छ: नेम्बाङ

नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्रमा मतदान गर्दै। तस्बिर: भीम/नागरिक

नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले देश ठीक दिशातर्फ अघि बढिरहेको बताएका छन्। उनले नयाँ संविधान जारी भएर दोस्रो पटक भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भइरहनुले देशलाई राम्रो निष्कर्षमा पु¥याउने विश्वास लिएको बताए।  

इलाम क्षेत्र २ प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका नेम्बाङले आज गृहजिल्ला इलामको आफैंले विद्यार्थीकालमा अध्ययन गरेको महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्र ‘ग’मा मतदान गरेपछि पत्रकारहरूसँग यस्तो बताएका हुन्। देशमा संविधान कार्यान्वयनको राम्रो आधार तयार भएको र नेपाली जनता अधिकारसम्पन्न भएको उनले बताए।  

‘संविधान कार्यान्वयनमा छ, अब परिवर्तनका लागि आन्दोलन गर्नुपर्दैन जनताको मत लिएर संविधान आवश्यक परिमार्जन गर्न सकिने भएको छ,’ उनले भने, ‘तर, आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन आवश्यक छ, अब निर्वाचित जनप्रतिनिधि र सरकारले देशलाई त्यस दिशातर्फ अघि बढाउनुुपर्छ।’  

प्रकाशित: ४ मंसिर २०७९ ०३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App