तिहारको रौनकले झिलिमिली बलेको काठमाडौं (तस्बिरहरू)
ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ। आजको दिन शहरदेखि गाउँसम्म झिलिमिली देख्न सकिन्छ।
ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ। आजको दिन शहरदेखि गाउँसम्म झिलिमिली देख्न सकिन्छ।
तिहारमा पोखरामा २ करोड ५० लाख रुपैयाँ बराबरको फूल आवश्यक पर्ने व्यवसायीले बताउने गरेका छन। बजारको माग मध्ये केही स्थानीय र अपुग अन्य जिल्लाबाट ल्याउने गरिएको छ।
नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदै छ।
काठमाडौंस्थित भृकुटीमण्डपमा पाँचौँ रोटी मेला लागेको छ। मेलामा विभिन्न प्रकारका रोटी प्रदर्शनमा राखिएको छ।
शनिबार कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्वमा सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेमा शुभ हुने जनविश्वास रहेका कारण आजको दिन सुनचाँदी पसलहरुमा मानिसहरुको भिड लागकाे हाे।
हरेक पाँच वर्षमा सिंहदरबार पस्ने पात्र फेरिए तर स्वयं सिंहदरबारको अवस्था उस्तै छ। बाहिर चिटिक्क सिंगारिए पनि सिंहदरबार भित्रका दृश्यहरू फेरिन सकेका छैनन्।
तिहार नजिकिएसँगै मुख्य व्यापारिक क्षेत्र काठमाडौँको आसन बजारमा आवश्यक सरसामान खरिद गर्ने सर्वसाधरणहरुको ठूलो भीड लाग्न थालेको छ। आसन बजारका मुख्य व्यापारिक क्षेत्रमा तिहारका लागि आवश्यक पर्ने सरसामान खरिद गर्नका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिन्छ।
‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने मूल नाराका साथ आजदेखि ४ दिनसम्म फूलको प्रतियोगिता तथा प्रदर्शनी व्यापार मेला सुरू भएको हो।
काठमाडौँ बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैकले धनतेरसलाई नै लक्षित गरेर बिहीबारदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का (असर्फी) बिक्री सुरु गरेको हो।
तिहारका लागि सयपत्री फूल टिप्दै काठमाडौँ इछान्गुका महिला किसानहरु। अघिल्लो बर्षको तुलनामा यसपाली कम फूल फुलेको उनीहरुले बताएका छन्।
काठमडौँमा बिहान चिसो भएपनि मौसम सफा भएकाले बिहानैदेखि घाम लाग्छ। आकाशबाट मडारीएको कालो बादल हराएको छ।
एकै चरणमा चुनाव गर्न स्थानीय निर्वाचनमा भन्दा बढी म्यादी प्रहरी राख्ने तयारी सरकारको छ। पूर्वप्रहरी र पूर्वम्यादी प्रहरीलाई निर्वाचनमा म्यादी प्रहरीको रुपमा खटाउन सरकारलाई प्रस्ताव गरेको छ।
तिहार आउन अझै ६ दिन बाँकी रहँदा यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त देखिन्छन्।
काठमाडौंको अनामनगर नजिकै रहेको काठमाडौं उपत्यका विकास प्राधिकरण अगाडिको रहेको बिजुली पोलमा आगलागी भएको छ।
तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो। संघीय राजधानी काठमाडौंको बजार आजकाल गुल्जार छ।
शक्रबार मंगलबजारकाे पाटन दरबार स्क्वायर (ललितपुर) मा भएको कार्यक्रममा ब्याण्डले विभिन्न बाजगाजासहित प्रस्तुती दिएको थियो।
देशका अधिकांश क्षेत्रमा पाकेको धान काट्न र भित्र्याउन थालिएको छ। यसैबीच तारकेश्वरको डाँडागाउँमा पनि धान काट्न थालिएको छ।
भक्तपुरको पोटरी स्क्वायरमा तिहारमा झिलिमिली पार्न परम्परागत माटोको दीयो (पाला) बनाउन थालिएको छ।
श्रीरामदास मिसनको आयोजनामा भारत एवं नेपालको ६० दिने यात्राका लागि निस्केको ‘श्रीरामजीको दिग्विजय यात्रा’ आज काठमाडौँ आइपुगेको हो । काठमाडौँमा पशुपति विकास समितीले बिहान ९ बजे स्वागत गरेको हो।
काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा सुरु भएको छ। प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको पूर्ववडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिए।
आइतबार जब साँझ पर्दै गर्यो, विस्तारै नाका तथा बजार सुनसान हुँदै गए। त्यही सिलसिलामा नागढुङ्गा नाकाको विगत पाँच दिनदेखिको जाम खुल्यो। सवारी साधनको आवागमनसमेत ह्यात्तै घटेको छ। अन्य नाकाको अवस्था पनि त्यही रह्यो। महाअष्टमीको दिन आज बिहान यहाँका विभिन्न स्थानमा यात्रुको चाप विगत केही दिनका तुलनामा अत्यन्त न्यून पाइयो।
नवदुर्गाको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमी तिथिमा आज (आइतबार) म्याग्दीसहित देशैभरका कोतघरहरुमा फूलपाती भित्र्याइयो छ। बडादसैँको सातौ दिन देशैभरका कोतघर तथा पुजा कोठामा वैदिक विधिपूर्वक पुजाआजा गरी फूलपाती भित्र्याइयो हो।
आईतवार नेपालीहरुको महान चाड बडा दशैँ अन्तर्गत फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको हो।
कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, सुवानी मोक्तान, दि एलिमेन्ट्स ब्याण्डलगायतका कलाकारहरुले प्रश्तुती दिएका छन्। कन्सर्ट पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेण्डली मिडियाको संयुक्त आयोजनामा भएको हो।