
फोटो फिचर
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ। नयाँ नेतृत्व चयनका लागि बन्दसत्र सञ्चालन हुने भएपछि नेता कार्यकर्ता भृकुटीमण्डपमा भेला हुन थालेका छन्।
बिहान ८ बजे बोलाइएको महाधिवेशन बन्दसत्र भने साढे १२ बजेका लागि सरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए। बिहान ९ बजेको लागि केन्द्रीय कमिटी बैठक राखिएकाले बन्दसत्र सरेको हो।















