१ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

विश्व इतिहासमा आज

मेरी स्टुअर्ट

विश्व इतिहासमा आज डिसेम्बर १४ का दिन विभिन्न राजनीति, समाज, विज्ञान र मानव इतिहासमा गहिरो प्रभाव  पार्ने दिनको रुपमा सम्झना गरिदै आएको छ।    

आजकै दिन सन् २०१२ को डिसेम्बर १४ मा अमेरिकाको कनेक्टिकट राज्यको न्युटाउनस्थित स्यान्डी हुक प्राथमिक विद्यालयमा भएको सामूहिक गोलीकाण्डले विश्वलाई स्तब्ध बनाएको थियो। २० वर्षे आक्रमणकारी आदम लान्जाले विद्यालय जानुअघि आफ्नै घरमा आमा न्यान्सी लान्जाको हत्या गरेपछि विद्यालय प्रवेश गरी २० बालबालिका र ६ वयस्कको गोली हानी हत्या गरेका थिए। उक्त घटनापछि लान्जाले आत्महत्या गरेका थिए। पाँच मिनेटभन्दा कम समयमा १५४ राउन्ड गोली चलाइएको उक्त घटना अमेरिकी इतिहासकै सबैभन्दा घातक विद्यालय गोलीकाण्डमध्ये एक मानिन्छ।    

इतिहासकै अर्को महत्वपूर्ण घटनामा

सन् १५४२ मा आजकै दिन राजा जेम्स पाँचौँको निधनपछि मेरी स्टुअर्ट  छ दिनको उमेरमै स्कटल्याण्डकी रानी घोषित भएकी थिइन्। उनी इतिहासमा ‘६ दिनकी रानी’ का रूपमा परिचित भइन्। फ्रान्सकी रानी  बनेकी मेरीको जीवन राजनीतिक षड्यन्त्र, विवादास्पद विवाह र र  इङ्गल्याण्डमा मृत्युदण्डसँग जोडिएको छ। उनका छोरा जेम्स पछि इङ्गल्याण्ड र स्कटल्याण्डका राजा बनेका थिए।  

त्यसैगरी आजकै दिन १५४६ मा डेनमार्कका प्रसिद्ध खगोलशास्त्री टाइको ब्राहेको जन्म भएको थियो। टेलिस्कोप आविष्कार हुनुअघि उनले गरेका सूक्ष्म खगोलीय अवलोकनहरूले  आधुनिक खगोल विज्ञानको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए।  

पुनर्जागरणकालका चर्चित ज्योतिषी तथा चिकित्सक नोस्ट्राडेमसको जन्म पनि डिसेम्बर १४, १५०३ मा फ्रान्सको सेन्ट–रेमीमा भएको थियो। उनका रहस्यमय भविष्यवाणीहरू शताब्दीयौंदेखि बहस र जिज्ञासाको विषय बनेका छन्।  

अन्तर्राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित आर्थिक  सहयोग तथा विकास संगठन स्थापना गर्ने महासन्धिमा डिसेम्बर १४, १९६० मा हस्ताक्षर भएको थियो । जुन पछि सन् १९६१ देखि कार्यान्वयनमा आएको थियो । यस संस्थाले  विश्व आर्थिक वृद्धि, व्यापार र जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।एजेन्सी

प्रकाशित: २८ मंसिर २०८२ ०८:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App