८ चैत्र २०८२ आइतबार
image/svg+xml
फोटो फिचर

सेतो मच्छिन्द्रनाथ जात्रालाई यसरी तयार हुँदैछ रथ [तस्बिर]

सेतो मच्छिन्द्रनाथको जात्रा लक्षति तयारी जारी छ । अहिले काठमाडौंको दरबारमार्ग क्षेत्रमा जात्राका लागि रथ निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ ।  

रथ निर्माणका लागि काठ जोड्ने, डोरी बाँध्ने तथा संरचना बलियो बनाउने कार्य अन्तिम चरणमा पुगेको छ। स्थानीय, गुठीका प्रतिनिधि र स्वयंसेवक खटिएर रथ निर्माण गरिरहेका छन् ।  

प्रत्येक वर्ष मनाइने यो जात्रा काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्वमध्ये एक हो। जात्राका क्रममा भगवान सेतो मच्छिन्द्रनाथको रथ दरबारमार्गसहित विभिन्न स्थानमा परिक्रमा गराइन्छ।

यो वर्ष पनि जात्रालाई व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गर्न सुरक्षा तथा ट्राफिक व्यवस्थापनका विशेष तयारी गरिएको सम्बन्धित निकायले जनाएको छ।

प्रकाशित: ८ चैत्र २०८२ १५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App