२४ पुस २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

सुरु भयो फूलको झिलिमिली

तस्बिर: रासस

हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदैछ । तिहारलाई फूल र बत्तीको पर्वका रुपमा चिनिन्छ ।  

त्यसैले पनि तिहार र फूलको विशेष सम्बन्ध छ । अहिले देशका विभिन्न ठाउँमा फूलको झिलिमिली सुरु भएको छ ।  

पुष्प व्यवसायीको मेला नै आयोजना हुँदैछ भने फूल रोप्ने किसान फूल टिप्न र बजार पुर्‍याउन व्यस्त छन् ।  

हेरौँ केही ठाउँका फूल र किसानले सुरु गरेको फूलको झिलिमिली:

भक्तपुरको सुर्यविनायक नगरपालिका–७ स्थित गुण्डुका स्थानीय टनेलभित्र व्यवसायिक रुपमा लगाइएको तिहारलक्षित सयपत्री फूल ।  

भक्तपुरको सुर्यविनायक नगरपालिका–७ स्थित गुण्डुका स्थानीय तिहारका लागि बजारमा बिक्री गर्न मखमली फूल टिप्दै ।  

कैलालीका दशरथ साउद र कपिलवस्तुका भास्कर पंगेनीले दाङको घोराही उपमहानगरपालिका–१७, गैरागाउँमा व्यावसायिक रूपमा गरेको फूलखेतीमा ढकमक्क फुलेको सयपत्री ।  

दाङको घोराही उपमहानगरपालिका–१४ झिङ्गौरास्थित जलजला पुष्प खेती तथा नर्सरीका सञ्चालक लोकेन्द्र रोकाको बारीमा ढकमक्क फुलेका सयपत्री फूल ।  

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका –३ स्थित बेहोरेमा युवा किसान भविन्द्र घर्ती मगरले तिहारलाई लक्षित गरेर गरेको व्यावसायिक फूलखेती । 

प्रकाशित: २७ आश्विन २०८२ १५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App