२८ असार २०८३ आइतबार
image/svg+xml
समाज

६० हजार घुससहित रंगेहात समातिए चाबहिल नापीका अमिन टोपजङ खत्री

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चावहिल २ नम्बर नापी टोलीका अमिन टोपजङ खत्रीलाई ६० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

जग्गा हालसाविक गरी जग्गाधनी पुर्जा बनाइदिने बहानामा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।

आयोगको टङ्गालबाट खटिएको टोलीले अमिन खत्रीलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर-४ माकालवारीस्थित कार्यालय परिसरबाट मंगलबार नियन्त्रणमा लिएको हो।

अमिन खत्रीले जग्गाधनी पुर्जा बनाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत माग गरेको उजुरी आयोगमा परेको थियो। सोही सूचनाका आधारमा खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ६० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

नियन्त्रणमा लिइएका अमिन खत्रीमाथि थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: २ असार २०८३ २०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App