१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
फोटो फिचर

मनमोहक अन्नपूर्ण आधारशिविर क्षेत्र (फोटो फिचर)

<br>

होटल व्यावसायी जगनराज गुरुङसँग अन्नपूर्ण आधारशिविर (एबिसी) मा पर्यटन व्यावसाय संचालनको साढे तीनदशक लामो अनुभव छ। जति नै समय आधारशिविरमा बसेपनि उनको मन अघाउँदैन। हिउँद वा वर्षा बाह्रैमास त्यहाँको मौसम र प्राकृतिक दृष्यले ४१ सय ३० मिटर उचाइँको आधारशिविमा गुरुङलाई तान्छ।  

यो बेला त वर्षायाम चलिरहेको छ। वर्षायाममा हरियाली फूलेको फूलले त्यहाँ गुरुङलाई तान्छ भने हिउँदताका हिउँले सेताम्य हुने भएकोले दृष्य लोभलाग्दो हुन्छ। अहिले हरियालीले उक्त क्षेत्र ढाकेको छ। खोलानाला, झरनाको आवाज, पदमार्गमा फुलेका रंगीचंगी पुल, ठाउँठाउँमा भेटिने भेँडाको बथानले उक्त क्षेत्रमा जाँदा पर्यटकले रोमाञ्चक मान्छन।

‘म आधारशिविरमा बसेको साढे तीनदशक भयो। तर, म कहिल्यै अघाउँदिन। किनकी त्यहाँको दृष्य नै त्यस्तै छ, जसले मलाई सकेसम्म बाह्रैमास आधारशिविर तान्छ,’ छोमरोङ पर्यटन व्यावस्थापन समितिका अध्यक्ष समेत रहेका उनले भने, ‘यो बेला हरियालीसँगै फूलेका रंगीचंगी फूलले त्यहाँको सुन्दरता थपेको छ। मलाई त त्यहाँको दृष्यले लोभ्याउँछ भने विदेशी पाहुनालाई पनि तान्ने नै भयो । साह्रै रोमाञ्चक दृष्य देख्न पाइन्छ।’  

एबिसी पदमार्गमा पर्ने माछापुच्छ्रे आधारशिविर (एमबिसी)मा व्यावसाय संचालन गरिरहेका दिलीप गुरुङ पनि यतिबेलाको दृष्य साह्रै नै लोभलाग्दो रहेको बताउँछन। ‘असोज मध्यसम्म साह्रै नै रमाइलो हुन्छ। हिउँदमा हिउँ परेपछिको दृष्य र वर्षायाममा फूलेको फूल र हरियालीले आधारशिविर ढाक्छ। यसले पाहुना लोभ्याउन सकेको छ,’ उनले भने।  

वर्षायामाको यस्तै दृष्यसँग रमाउनका लागि स्वदेशी र विदेशी पाहुना आधारशिविर उक्लिन्छन। उनीहरुका अनुसार अहिले पनि दिनमा ५० जनाको हाराहारीमा पाहुनाहरु आधारशिविर उक्लिरहेका छन। दिनहुँ पाहुना आउन थालेपछि सबैको व्यवासाय खुला रहेको उनले बताए। आकर्षक र लोभलाग्दो दृष्यले पनि पाहुना तानिरहेको उनले बताए। 

अन्नपूर्ण आधारशिविरमा ६ वटा होटल छन, जहाँ सिजनको बेला ५ सयको हाराहारीमा पाहुनाको बसोबास व्यवस्थापन हुन्छ। माछापुच्छ्रे आधारशिविरका पाँचवटा होटलमा पनि पाहुनाको भीडभाड रहन्छ।

प्रकाशित: ७ भाद्र २०८२ १५:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App