३० वैशाख २०८१ आइतबार
image/svg+xml

हिमालको पाउमा पर्दा लोभिए गुटेरेस

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार बिहानै हेलिकप्टरबाट अन्नपूर्ण आधारशिविर (एबीसी) ओर्लिए। समुन्द्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाईको आधारशिविरमा हेलिकप्टरबाट ओर्लिदा गुटेरेस निकै नै खुसी थिए। आँखै अगाडि ठोकिने हिमालको पाउ पर्दा उनमा खुसीको सिमै थिएन। करिब ३५ मिनेट आधारशिविरमा बिताएका गुटेरेसले स्थानीयसँग भलाकुसारी पनि गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्