गोरखाको आरुघाटस्थित नदी मापन केन्द्रमा बूढीगण्डकी नदीको सतह खतराको तहभन्दा माथि पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका नदी तटीय क्षेत्रमा जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो।
बूढीगण्डकी नदीमा आएको बाढीका कारण आरुघाट क्षेत्रमा पानीको सतह खतराको तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा समेत सतर्कता अपनाउन आग्रह गरिएको हो।
प्रकाशित: २५ आश्विन २०८३ ०९:२५ आइतबार



-600x400.jpg)

