सरकारको सुकुम्बासी बस्ती हटाउने निर्णयविरुद्ध काठमाडौंको थापाथलीमा प्रदर्शन गरिएको छ।

सरकारविरुद्ध नारा लगाउँदै स्थानीयले प्रदर्शन गरिरहेका छन्। उनीहरूले 'डोजर आतंक बन्द गर', 'सुकुम्बासी आवासको हक सुनश्चित गर', 'निरंकुश सरकार चाहिँदैन', 'गरिबमाथि अन्याय बन्द गर'लगायतका नारा लगाइरहेका छन्। राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा प्रदर्शन भएको हो।

प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै शनिबार या आइतबार सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका छन्।





प्रकाशित: ११ वैशाख २०८३ ११:२२ शुक्रबार





