२ असार २०८३ मंगलबार
image/svg+xml
खेल

फिफा विश्वकप : इरानले गोल फर्काउँदा न्युजिल्यान्ड बराबरीमा खेल्दै

फिफा विश्वकप अन्तर्गत मंगलबार इरान र न्युजिल्यान्डबिचको खेल निकै रोमाञ्चक रूपमा भइरहेको छ। इरानमाथि न्युजिल्यान्डले २-१ को अग्रता लिएको केही समयमै इरानले बराबरीमा परिणत गरेको छ।

अमेरिकाको लस एन्जल्स स्टेडियममा जारी इरानका खेलमा मोहम्मद मोहेब्बीले खेलको ६४औँ मिनेटमा गोल गरेर बराबरीमा परिणत गरेका हुन्। यसअघि, इलिजाह जस्टले खेलको ५४औँ मिनेटमा दोस्रो गोल गर्दा इरानमाथि न्युजिल्यान्डले २-१ को अग्रता लिएको थियो।

यस्तै, जस्टले नै खेलको मात्र ७औँ मिनेटमा पहिलो गोल गर्दै न्युजिल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि इरानका रामिनले ३२औँ मिनेटमा गोल फर्काएर बराबरीमा खेलिरहेका थिए।

प्रकाशित: २ असार २०८३ ०८:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App