२ असार २०८३ मंगलबार
image/svg+xml
खेल

फिफा विश्वकप : इरान र न्युजिल्यान्ड बराबरीमा

फिफा विश्वकप अन्तर्गत मंगलबार इरान र न्युजिल्यान्डबिचको खेल रोमाञ्चक रूपले सकिएको छ।

अमेरिकाको लस एन्जल्स स्टेडियममा भएको खेल बराबरीमा सकिएको छ। खेलको सुरुवाती चरणमा इरानमाथि न्युजिल्यान्डले अग्रता लिएको थियो भने इरानले गोल फर्काउँदा खेल बराबरीमा सकिएको हो।

इरानका मोहम्मद मोहेब्बीले खेलको ६४औँ मिनेटमा गोल गरेर बराबरीमा परिणत गरेका थिए। यसअघि, इलिजाह जस्टले खेलको ५४औँ मिनेटमा दोस्रो गोल गर्दा इरानमाथि न्युजिल्यान्डले २-१ को अग्रता लिएको थियो।

यस्तै, जस्टले नै खेलको मात्र ७औँ मिनेटमा पहिलो गोल गर्दै न्युजिल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि इरानका रामिनले ३२औँ मिनेटमा गोल फर्काएर बराबरीमा खेलिरहेका थिए।

प्रकाशित: २ असार २०८३ ०८:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App