७ असार २०८३ आइतबार
image/svg+xml
फोटो फिचर

रास्वपा महाधिवेशनको सुरक्षार्थ आफैँ खटिए आइजी कार्की (फोटोफिचर)

तस्बिरहरू: वसन्त ढुंगाना/नागरिक

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन चितवनमा आजदेखि सुरु हुँदैछ। प्रधानमन्त्री, मन्त्री, सांसद लगायतका विशिष्ट व्यक्ति आउने भएकाले यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। यहाँको सुरक्षा दिनका लागि नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की आफैँ खटिएका छन्।

यसैबिच, महाधिवेशन स्थलदेखि हाकिमचोक, चौविसकोठी, मालपोतचोकसम्म सवारी आवागमनलाई समेत रोक लाइएको छ। महाधिवेशनलाई लक्षित गर्दै तीन वटा सुरक्षा निकायबिच समन्वयात्मक रूपमा तयार भएको सुरक्षा योजना कार्यान्वयन गरिने भएको छ। जनपथ प्रहरी मात्रै एक हजारभन्दा बढी खटिने छन्। यहाँ बाहिरी जिल्लाबाट पनि प्रहरी ल्याइएको छ। रास्वपाको बन्द सत्र चितवन उद्योग संघको सभाहलमा हुनेछ।

हेर्नुहोस महाधिवेशनका तस्बिरहरू:

प्रकाशित: ७ असार २०८३ १२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App