लघुकथाकार दिव्य गिरीलाई ‘सिरपा: या खँय्’ पुरस्कार अर्पिने भएकाे छ।
विमलकुमार ताम्राकारले सम्पादन र प्रकाशन गर्दै आएकाे ‘स्वर्णद्वार’ (लघुकथा प्रधान) त्रैमासिक पत्रिकामा वर्षभरि प्रकाशित १७५ लघुकथामध्ये १३७-००८ अङ्कमा प्रकाशित भएको ‘मुकुट’ लघुकथालाई प्रथम पुरस्कार अर्पिन लागेकाे हाे।
२०११ सालमा इमाडोल - १ ललितपुरमा जन्मिएका गिरीका २०३२ साल फागुन २ गतेको साप्ताहिक पत्रिका "संरक्षक" मा प्रकाशित "गुलाफ रहेछ कागजको" कविता पहिलोपटक प्रकाशित भएकाे हाे।
त्रिभुवन विश्वविद्यालयबाट झन्डै ४४ वर्ष सेवा गरी २०७४ साल कार्तिकमा उपप्रशासक (उपसचिव) पदबाट अवकाश भएका उनका भेडी गोठ र भेडो (२०७३) र पुत्लादहन (२०७८) लघुकथासङ्ग्रह प्रकाशित भएकाे छ। त्यस्तै छचल्का, बलेँसी जस्ता सामूहिक लघुकथासंग्रहमा पनि लघुकथाहरू प्रकाशित छन्।
यसअघि उनी २०७४ सालमा गोरखापत्र संस्थानले आयाेजना गरेकाे राष्ट्रव्यापी लघुकथा प्रतियाेगितमा प्रथम पुरस्कार र लघुकथा सकाज नेपाबाट २०७७, धनमान लघुकथा पुरस्कार पाएका थिए। यस्तै उनले विभिन्न विधाबाट एक दर्जन बढी पुरस्कार पाएका छन्।
त्यस्तै कङ्काल बस्ती (मुक्तकसङ्ग्रह, २०३८), सागर लहर किनार (गजलसङ्ग्रह, २०५४), अनामिका (कथासङ्ग्रह, २०६१), धुनी तापेर (हाइकुसङ्ग्रह, २०६१), हराएका इलाकाहरू (कवितासङ्ग्रह, २०७३), सम्झनामा शकुन्तला (संस्मरण,२०७६ ), भुइँकुहिरो (हाइकुसङ्ग्रह), ईश्वरको अनुहार (कथासङ्ग्रह, २०८०), दिव्य गिरी - साहित्यमा अर्ध शताब्दी (२०८२) उनका प्रकाशित कृति हुन्।
प्रकाशित: ७ असार २०८३ १३:१७ आइतबार




-600x400.jpg)
