१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

वाह! क्या सुन्दर बडीमालिका (फाेटाेफिचर)

हेर्न जाने होइन

बडीमालिका धार्मीक तथा पर्यटकीय दुबै दृष्टिबाट चर्चित गन्तव्य। ५ महिना हिँउ र ४ महिना कुहिरोले ढाक्ने बडीमालिका प्रकृतिको अनुपम उपहार हो। बडीमालिका क्षेत्रलाई धर्तीको स्वर्गको उपनामले परिचित छ। धार्मीक आस्थाको धरोहर, सुन्तरताले भरिएको स्वर्ग, जहाँ घुम्न र मनोकांक्षा पुरा गर्नकै लागि हजारौंले वर्षेनी भ्रमण तथा अवलोकन गर्ने गर्दछन्।

१४ हजार फिटको उचाईमा छ। बडीमालिका क्षेत्र ४ महिना हिउँको घुम्टोमा सजिने गरेको छ। र बर्षाद र अन्य मौसममा हरियालीको शोभाले भरिएको हुन्छ। बर्षादको चार महिना भेडा च्याङ्ग्रा, घोडा खच्चड र भैसीहरुले बडीमालिका पाटन भरिएका छन्। फूलैफूलको पाटनमा चरिचरनमा लामवद्ध पशुचौपायाहरुको लस्करले झनै लोभलाग्दो देखिन्छ बडीमालिका।  

 बडीमालिका क्षेत्रबाट बाजुरा सहीत अछाम, बझाङ्ग, डडेल्धुरा डोटी, कालीकोट, मुगु लगायतका जिल्लाको दृश्य सहजै नियाल्न सकिन्छ। सुदूरपश्चिम प्रदेशको धरोहर बडीमालिका राज्यको उदासिनता र बेवास्ताले भने ओझेलमा छ।  

बाजुरा र कालीकोट जिल्लाको प्रमुख हक रहने बडीमालिका क्षेत्र बाजुराकै बडिमालिका र त्रिवेणी नगरपालिकाको सीमा क्षेत्रमा पर्दछ। भूगोलको हिसाबमा मुख्य पूजा क्षेत्र अर्थात देवी धाम त्रिवेणी नगरपालिका भित्र नै पर्दछ।

प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ति पीठ बडिमालिका माईको दर्शन गर्नाले मनको इच्छा पूरा हुने विश्वास छ। सो क्षेत्रमा २२ वटा हरियाली फाँटहरु, दुईसय जति प्रजातीका रँगीचँगी, फूलहरु १ सय बढी जातीका बहुमूल्य जडिबुटिहरु, आश्चार्यजनक पौराणिक स्थहरु, हरियाफाँटहरुको बीचबाट बग्ने आकर्षक नदीहरुको सँगम स्थल त्रिवेणी क्षेत्र प्रमुख आर्कषण हुन्। बडीमालिका क्षेत्रको दर्शनपछि फर्किने सबै लुकेको स्वर्गको संज्ञा दिने गर्दछन्।  

शुद्ध आत्म भएका दर्शनार्थी मात्र पार गर्न सक्ने धर्मद्वार आस्थाको केन्द्रविन्दु जस्तै बनेको छ। गंगा दशहरामा तत्कालिन राजपरिवारको सदस्यले हेलिकप्टर लिएर जाने गरेका थिए। बडीमालिका दर्शनका लागि तत्कालीन राजा वीरेन्द्र, महेन्द्र लगायत, वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसहितका शिर्ष व्यक्तिहरू नै पुगेर पूजापाठ गरिसकेका छन्।  

हालपनि नेपाली सेनाका कर्णेल तहको अधिकारीले पुजा गर्ने गरेका छन्। सैनिक अधिकारहरुले समेत धार्मिक आस्थाको धरोहरको पुजा पाठसँगै सम्म परेका पाटन र अन्य मनोमहक दृश्यको अवलोकन गर्नु प्रमुख लक्ष्य राखेर आउने गरेका छन्।

बडीमालिका क्षेत्रमा हयिालीफाँटमा भेडा र घोडा खच्चडका बथानहरु बर्षादका चार महिनासम्म देख्न सकिन्छ। लोपन्मुख प्रजातीका बन्य जन्तु तथा पशु पँक्षीहरु (डाँफे, मुनाल, कस्तुरी, झारल आदि) पनि भेटीन्छन्।  

पौराणिक समयमा राक्षस र भगवतीबीच लडाई हुँदा बगेको रगतको अवशेष र राक्षसहरुलाई भगाएको स्थान सुरक्षित छ। यो दृश्य नियाल्न भारतको काशी, उत्तराअञ्चलका विभिन्न क्षेत्रबाट आउने गरेका छन्। खेतीवेती भन्ने स्थानमा धान रोप्नका लागि बनाएका गरा, धानको बीउ खेत जस्ताको तस्तै देखिने आश्चर्यजनक दृष्यलेपनि दर्शनार्थीको मन लोभ्याउने गरेको छ।  

निसन्तानीलाई सन्तान, गरिबलाई धन, जस्तै मागेको वर पाइन्छ भन्ने धार्मीक विश्वास छ। यही आकांक्षा लिएर वर्षेनी हजारौ भक्तजनहरुले दर्शन गर्ने गरेका छन्। बडिमालिका क्षेत्रमा मार्तडीबाट तीन दिनमा पुग्नु पर्ने मान्यता छ। 

निसन्तानीलाई सन्तान, गरिबलाई धन, जस्तै मागेको वर पाइन्छ भन्ने धार्मीक विश्वास छ। यही आकांक्षा लिएर वर्षेनी हजारौ भक्तजनहरुले दर्शन गर्ने गरेका छन्। बडिमालिका क्षेत्रमा मार्तडीबाट तीन दिनमा पुग्नु पर्ने मान्यता छ।  

वर्षको दुई पटक गँगा दशहरा र जनै पूर्णिमाको अघिल्लो दिन साउने चतुदर्शीका  दिन भब्य मेला लाग्ने गरेको छ।  त्यो समयमा सुदूरपश्चिम तथा मध्यपश्चिमका सबै जिल्ला र देशका अन्य जिल्लाबाट पनि दर्शनार्थीहरु आउने गरेको मन्दीरका पुजारी मध्येका एक भानुभक्त पाध्यायको भनाई छ।

यो वर्ष साउन २६ गते मेला लाग्ने छ। मेलाका लागि तत्कालिन डोटी राज्यबाट पठाउने पूजा सामान लिएर सरकारी टोली प्रस्तान गरिसकेको छ। १२ दिन लगाएर डोटीबाट र १० दिन लगाएर जुम्लाबाट सरकारीटोली बडिमालिका पुग्ने गरेको छ। गंगा दशहरामा पनि मेला लाग्ने भएपनि साउने चुतदर्शीका दिन दर्शनार्थीहरुको घुईचो बढी हुन्छ।  

मालिका देवीको स्वागतका लागि बाजुरा लगायत कालीकोट, डोटी, हुम्ला र जुम्ला जिल्लाबाट सयुक्त टाँगो (पुजापाठमा आवश्यक पर्ने सामाग्री) सहितको टोली आउने गरेको छ। २०६८/६९ को आर्थिक वर्षको बार्षिक बजेटमा बाडिमालिका सँरक्षित क्षेत्र घोषणा गरे ता पनि आवश्यक पहल अझै सुरु भएको छैन। यो भने प्रदेश सरकारले प्रमुख गन्तव्यको सूचीमा राखेर लगानी गर्ने प्रस्ताव गरेको छ।

बडीमालिका नगरपालिकाले बडीमालिका लक्षित यात्रा वर्षका रुपमा घोषणा गरेको छ। नगर प्रमुख अमर खड्का सहीतको टोली राज्यको माथिल्लो निकायबाट ध्यान केन्द्रीत गराउने गरि काठमाडौं केन्द्रीत प्रचारमा सक्रिय देखिएको छ। तर यहाँका महिमा जति छ, त्यो अनुसारको महत्व र लगानी राज्यबाट देखिएको छैन्।  

त्रिवेणीमा पीतृकार्य पनि गरिन्छ। सो ठाउँमा कालीकोट र बाजुराले धर्मशाला निर्माण गरेपनि त्यो भक्तजनको भीडलाई धान्न सक्ने छैन्। दर्शनार्थीको आवास र बसोबासका लागि कुनै व्यवस्था गरिएको छैन्।  

राज्यको प्रमुख निकायमा बस्ने व्यक्तिले हेलिकप्टरबाट पुजापाठ र दर्शन गरिन्छ। तर त्यसको विकास र प्रवद्र्धनमा ध्यान गएको छैन। पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पहल भएको छैन्। बडिमालिका क्षेत्रको महिला र गरिमा सुदूरपश्चिमका अन्य जिल्लामा छैन्, भन्छन् त्यस ठाउँमा पुगेर फर्केकाहरु।

राज्यको प्रमुख निकायमा बस्ने व्यक्तिले हेलिकप्टरबाट पुजापाठ र दर्शन गरिन्छ। तर त्यसको विकास र प्रवद्र्धनमा ध्यान गएको छैन। पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पहल भएको छैन्। बडिमालिका क्षेत्रको महिला र गरिमा सुदूरपश्चिमका अन्य जिल्लामा छैन्, भन्छन् त्यस ठाउँमा पुगेर फर्केकाहरु।

बडिमालिमा सबै थोक छ, प्रकृतिको अनुपम उपहार भनिएपनि लगानी त्यो अनुसार गरिएको छैन्। बडीमालिका नगरपालिकाले त्यसका लागि यो वर्षबाट केही ठोक पहल थाल्न सुरु गरेको नगर उपप्रमुख नन्दा थापाको भनाई छ।  

आर्थिक श्रोत संकलन र जिल्लाको पहिचानमा योगदान पुग्ने गन्तव्यलाई नै बेवास्ता गरेको प्रति नागरिक अगुवाहरु गुनासो गर्ने गरेका छन्। बडिमालिका क्षेत्रको विकास गर्नसके सुदूर पश्चिमका अन्य गन्तव्यलाई पनि राज्यको मुल प्रवाहिकरणमा लिन सकिने निश्चित छ।  

गन्तव्य पहिचान फोटो फिचरसहित बडिमलिका क्षेत्रमा रहेका पाटन, चरिचरनका लागि लगिएका भेडाको बथान, राक्षर र देवी बीचको लडाईमा निस्कीएको रगतले पातिएका ढुङ्गा, पाटनमा फूलेका फूलहरु।  

 

 

 

 

 

 

 

 

 

प्रकाशित: १५ श्रावण २०७९ १५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App