९ माघ २०७८ आइतबार
फोटो फिचर

तमु ल्होसारमा ‘बाघ’ झल्को (फाेटाेफिचर)

उपत्यकामा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै। तस्बिर: उपेन्द्र/नागरिक

गाई वर्षलाई बिदाई तथा बाघ वर्षको स्वागतका रुपमा बिहीबार गुरुङ समुदायले तमु ल्होसार पर्व हर्षका साथ मनाएका छन्। मुलुकका विभिन्न भागबाट काठमाडौंमा बसोबास गर्दा आएका गुरुङ समुदाय टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा सहभागी भए।  

ल्होसार मूल समारोह समितिले राजधानीको टुँडिखेलमा विविध सांस्कृतिक कार्यक्रममा परम्परागत भेषभुषमा सजिएका गुरुङ समुदायको बाक्लो जमघट रह्यो। निलो चौबन्दी चोलो, रातो धलेक र हरियो लुङ्गीमा सजिएका उनीहरुले  टुँडिखेलमा पर्व मनाउन पाउँदा रमाइलो लागेको सुनाए।  

परम्परागत गुरुङ पहिरनमा सजिएर आएका महिला, पुरुष तथा बालबालिकाले नाचगान गर्दै टुँडिखेलको रौनक बढाए। ल्होछार हेर्न अन्य समुदायका युवायुवतीको पनि बाक्लो भीड थियो। टुँडिखेलमा कार्यक्रम सुरु हुनुअगाडि गुरुङ समुदायको जीवनशैली झल्काउने झाँकी निस्केको थियो।  हरेक वर्ष ल्होछारका अवसरमा मान्यजनबाट आशीर्वाद लिने र शुमकामना आदानप्रदान गर्ने गरिन्छ। तमु समुदायको मौलिक पहिरनमा सजिएका।  

हरेक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलको प्रतीकका रुपमा लिइन्छ। नयाँ वर्षका रुपमा ल्होछार पर्व तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङवा, लेप्चा लगायत जातिले मनाउँछन्। कार्यक्रममा गुरुङ समुदायसँगै अन्य समुदायका मानिस पनि सहभागी थिए।

प्रकाशित: १५ पुस २०७८ १५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App