coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

खचाखच दर्शक कुर्दैछ पोखरा रंगशाला (फोटोफिचर)

हिमाल खुलेपछि आकर्षक देखिएको हिमाली श्रृंखला र पोखरा रंगशाला। तस्बिरः उमेश पुन/नागरिक

चिसो बढ्दै जान थालेपछि अघिल्लो सातासम्म पोखराको मौसम धुम्म थियो। तर पछिल्लो दुईदिनदेखि पोखराको मौसम निकै नै खुलेको छ। बिहानै मौसम खुलेपछि यहाँबाट हिमाली श्रृंखला पनि स्पष्ट देखिएका छन्। बिहानीपख चिसो भएपनि दिउँसो घाम लाग्दा यहाँ न्यानो पनि छ।  

अहिले पोखरेलीले बिहानैदेखि पोखराको खुलेको मौसम र हिमाली श्रृंखलाको तस्बिर सामाजिक सञ्जालमा राख्ने गरेका छन्। पोखरा रंगशालाबाट हेर्दा हिमाली श्रृंखला झनै आकर्षक देखिन्छ। यतिबेला रंगशाला परिसरमा खेलकुदका ठुला इभेन्ट नभएपनि रंगशालाका पूर्वाधारले झनै आकर्षण बढाएको छ।  

पोखराले खेल पर्यटनमा पनि योगदान दिएको छ। अबको केही समयपछि यहाँ हुने फुटबलका गतिविधिले थप गतिविधि बढाउनेछ। रंगशालाको प्यारापिटसँगैका संरचना बनिरहेका छन्। त्यस्तै मुख्य प्रवेशद्वार बनाउने तयारी पनि भईरहेको छ। कोरोना संक्रमण सुरु भएपछि यो रंगशालाले अहिलेसम्म खचाखच दर्शक पाएको छैन। संक्रमण कम भएमा आगामि दिनमा हुने खेल गतिविधिमा यो रंगशालाले पर्याप्त दर्शक पाउने खेलकर्मीको विश्वास छ।  

प्रकाशित: २२ मंसिर २०७८ ०९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App