उपेन्द्र लामिछाने (शब्द/तस्बिर)- मंगलबार बिहान पाटन कृष्ण मन्दिरमा पुग्दा साना नानीहरु कृष्णको भेषमा घुम्दै थिए। पाटन कृष्ण मन्दिर प्रांगणमा छरिएर रहेका 'बालकृष्ण'जस्तै लाग्ने उनीहरुको मुस्कुराहटसँगै कृष्ण मन्दिरको रौनक बढेको छ। विभिन्न स्कुलबाट शिक्षकशिक्षिकासहित आएका उनीहरुले आगन्तुकको मनलाई लोभ्भाए। स्वदेशीले ध्यान दिएर नियाले। विदेशीले तस्बिर खिचे। कोही मन्दिरको सिँढीमा बसेर मुस्कुराउँदै थिए। कोही परेवासँग खेल्दै थिए। कोही घण्ट समाउँदै थिए। कोही मूर्तीमा आराम गर्दै थिए। एक दिन अगावै कृष्णअष्टमीको भान हुन्थ्यो। बुधबारको कृष्ण जन्माष्टमी पर्वका लागि पाटनस्थित कृष्ण मन्दिरमा सम्पूर्ण तयारी पूरा भएको छ। बुधबार भगवान् श्रीकृणणको जन्म दिन हिन्दू धर्मालम्बीले भगवान श्रीकृष्णको पूजाआजा गरी मनाउने गर्छन्।
विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि तत्कालीन संस्थापन(देउवा–खड्का) पक्ष सर्वोच्च अदालतमा पुगेको छ।
यसअघि ट्रम्पले ८०० भन्दा धेरै प्रदर्शनकारीहरूलाई मृत्युदण्डबाट जोगाएको दाबी गरेका थिए। हालै उनी डाभोसबाट फर्किएपछि तनाव फेरि बढेको छ। इरानको सेनाले सर्वोच्च नेता अली खामेनीविरुद्ध कारबाही गरिए जुनसुकै हदसम्म जाने चेतावनी दिएको छ।
तर सुनिल शेट्टी भने अरुभन्दा अलग छन्। हालै दिएको एक अन्तर्वार्तामा उनले अन्य कलाकारजस्तै आफूलाई पनि सुर्तीजन्य पदार्थ (तम्बाकु) को विज्ञापनका लागि प्रस्ताव आएको सुनाएका छन्। उनका अनुसार विज्ञापनको रकम ४० करोड भारु थियो। तर उनले अस्वीकार गरे।