१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

तीजमा सुनसान पशुपति क्षेत्र (फोटो फिचर)

कोरोना भाइरसका कारण यो पटकको हरितालिका तीज प्रभावित भएको छ। तीजको दिन देशभरका शिवालयमा व्रतालुहरुको भिड लाग्ने गर्थ्यो तर कोरोनाका कारण मन्दीरहरु सुनसान देखिए।  

पशुपतिनाथमा तीजको दिन भक्तजनहरुले भरिभराउ हुनेगर्थ्यो तर यस पटक कोरोना असर र निषेधाज्ञाका कारण सुनसान देखियो।  

सामान्य समयको तीजमा पशुपतिको भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक खटिनुपर्थ्यो। प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन बिहान पशुपति क्षेत्रमा लाखौँ बर्तालु महिला देवादिदेव महादेवको पूजा आराधना गर्न पुग्थे। यस वर्ष कोरोनाको महामारीका कारण पशुपतिनाथ मन्दिर क्षेत्र सुनसान छ। काठमाडौँ उपत्यकालगायत देशभरका मुख्य शिवालयमा पनि नित्य पूजा बाहेक सबै गतिविधि बन्द गरिएको छ।      

पशुपतिनाथको मूल मन्दिर चैतदेखि नै बन्द रहेको र परिसरमा पनि निषेधाज्ञाका कारण भक्तजन आउन नसक्ने भएकाले मेला व्यवस्थापनका लागि यस वर्ष तयारी नगरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा बताउँछन्।          

कोरोनाबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा, देशका धेरै जिल्लामा बन्दाबन्दी जारी गरिएकाले यस वर्ष तीजका बर्तालुले घर घरमै देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्व मनाउँदैछन्। आजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्ने फलाहार व्रत बस्ने गरेका छन् । प्रायःजसो बर्तालु महिला नै हुन्छन्।      

तस्बिर : दिपेश श्रेष्ठ

 

खुशी 66.7%
दुखी 33.3%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App