
समाज
‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ सकिएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको प्रदर्शनीमा सातै प्रदेशका ६५ जिल्लाका ६ सय बढी कलाकारका ६ सय ५० कलाकृति राखिएका थिए ।
समसामयिक चित्रकला÷मूर्तिकला, परम्परागत चित्रकला/मूर्तिकला, वास्तुकला तथा लोककला, शिल्पहस्तकला एवं बहुआयामिक तथा अन्य सिर्जनात्मकलगायत विविध विधा–उपविधाका कलाकृति राखिएको प्रदर्शनीमा कलापारखी, राजनीतिज्ञ, बुद्धिजीवी, आमजनसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो ।
गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते सुरु गरिएको प्रदर्शनीले नेपाली ललितकलाको अवस्थालाई नजिकबाट नियाल्न मद्दत मिलेको दाबी आयकेजकका छ ।






















