
अर्थ
नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको ‘म नागरिक, म बनाउँछु नेपाल’ क्रिएटर च्याम्पियन २०२५ सोमबार सकिएको छ।
नेपालमै केही गर्न सकिन्छ भन्ने दरिलो भावना युवामा अभिवृद्धि गर्ने उद्देश्यका साथ सातवटै प्रदेशमा भएको अभियानमा प्रतिस्पर्धीमध्ये उत्कृष्ट क्रिएटरहरूलाई लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पुरस्कार वितरण गरे।
भक्तपुरको दरबार क्षेत्रको खुला ठाउँमा भएको कार्यक्रममा उत्कृष्ट तीनवटा र पिपुल चोइसको एउटा गरी चारवटा उत्कृष्ट क्रिएटरलाई पुरस्कार वितरण गरिएको थियो।