अन्य समूहमा कांग्रेस एमालेको तर्फबाट जसपा नेपालका महन्त ठाकुर र नेकपा लक्ष्मण पौडेल उम्मेदवार रहेका छन्। प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार फरक भएकाले छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाइएको छ।
सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये एउटा निर्वाचन क्षेत्र रहेको डोटीमा एक जना मात्रै महिला उम्मेदवार छन्। यहाँबाट मितेरी पार्टी नेपालकी सरस्वतीकुमारी पाल (मल्ल)ले उम्मेदवारी दिएकी छन्।
सामाजिक अभियन्ता ईःईले रास्वपा उम्मेदवार बालेन्द्र शाहको रणनीतिमाथि व्यंग्य गरेका छन्। उनले केपी शर्मा ओलीसँग वादविवाद अस्वीकार गर्नुलाई भावी प्रधानमन्त्रीको दाबीलाई लक्षित चुनावी चाल भएको बताएका छन्।
उनले अगाडि लेखेका छन्, ‘हामीलाई देश निर्माणको भिजन बोक्ने नेताहरू चाहिएको छ, युवाहरूलाई प्रहरीसँग मुठभेड गराएर ज्यान लिने र आफ्नै सार्वभौमसत्ता सम्पन्न देशमाथि पेट्रोल बम आक्रमण गर्ने गोबरल्वाँठहरू होइन।’