
राजनीति
काठमाडौं महानगपालिकाले २८ औं महानगर दिवस मनाएको छ।
काठमाडौं महानगपालिकाले २८औं महानगर दिवस मनाएको छ । विहिबार काठमाडौं महानगर दिवसको अवसरमा बसन्तपुर डबलीमा विभिन्न जातजातिको पहिचान झल्किने सांस्कृतिक प्रस्तुति, हस्तकलाका सामग्री, नेवारी परिकार प्रस्तुत गरिएको थियो।
उक्त कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरी, ललितपुरका मेयर चिरीबाबु महर्जन र काठमाडौं– २ की नवनिर्वाचित सांसद सोविता गौतमको उपस्थिति थियो।
कार्यक्रममा विभिन्न जातजातिको पहिचान झल्किने सांस्कृतिक प्रस्तुति, हस्तकलाका सामग्री, नेवारी परिकार प्रस्तुत गरिएको थियो। यस्तै विभिन्न संस्कृति झल्किने हस्तकला सामग्री प्रदर्शनमा राखिएको छ। यस्तै, नेवारी परिकार यःमरि, बारा, समयबजी पनि राखिएको छ।















