१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

नारायणहिटी अगाडि भिअाइपीकाे अनुलोम विलोम

एकातिर उपप्रधानमन्त्री चित्रबहादुर केसी हात जोड्दै छन्। अर्कातिर भारतीय राजदूत हत्केलाले अनुहार छोप्दै छन्। बायाँतिर रक्षा मन्त्री भिम रावल पलेँटी कसेका छन्।  दायाँतिर अग्नी सापकोटा टिमिक्क आँखा चिम्लेका छन्।  सवैको रमिता नियाल्दै अघिल्तिर प्रधानमन्त्री केपी ओली मन्दमन्द मुस्कुराइरहेका छन्।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मंगलबार विहान  नारायणहिटी संग्रालय अगाडि विभिन्न क्षेत्रका मानिसलाई योगले जोडेको देखियो।   योग दिवसको अवसरमा  दरबारमार्गमा  आयोजित विशेष कार्यक्रममा समाजमा विभिन्न क्षेत्रका मानिसले जम्मा भएर  ‘अनलोम–विनलोम’ लगायतका योगका विभिन्न आशनमा रमाए।  

स्कुले केटाकेटीदेखि वृद्धबृद्धासम्म सहभागीता रहेका उक्त कार्यक्रममा फरक क्षेत्रबाट आएका मानिसको हाउभाउ र आसनले माहोल निक्कै रमाइलो बनेको थियो। आमाको काखमा शान्त भएर बसेको बालक होस या अभिभावकसँगै  योगको सिको गर्दे गरेका केटाकेटी, सवैले योग दिवसलाई सार्थक बनाएका थिए ।

कार्यक्रममलाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलेले योग  कुनै जाति, समुदाय, क्षेत्रको नभएर समग्र संसारको सम्पत्ति भएको बताउदै यसले मानव जातिको कल्याण गर्ने सुनाए।

त्यस्तै नेपालकालागि भारतीय राजदूत रंजित रेले योग दिवसको अवसरमा  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको  सन्देश सुनाउँदै योगले मानव समुदायमा शान्ति र सद्भाव बढाउने धारणा राखे।

त्यसैगरी मंगलबार विहानै नेपाल योग एशोसियनले योग, ध्यान, आध्यात्म र पर्यटनसँगसँगै भन्ने नाराका साथ र्याली निकालेको थियो।  योगको माध्यमबाट संसारभर नेपाललाई चिनाउने अभियानका साथ आफूहरु अघि बढेको नेपाल योग एशोसियनका महासचिव राजन सिंखडाले बताए।
र्यालीमा  सारी चोलोमामा सजिएका विदेशी महिला र धोती कुर्ता र ढाका टोपीमा सजिएका विदेशी पुरुषले सवैको ध्यान खिचेको थियो । संखध्योनीका साथ भृकुटी मण्डपबाट सुरु भएको र्याली नगरपरिक्रमा गर्दै दरवारमार्गमा पुगेर सभामा परिणत भएको थियो।

हेराै केही तस्बिर

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App