डिसेम्बर २३, १८८८ को मध्यरातमा फ्रान्सको कलाकार भिन्सेन्ट भ्यान गगले आफ्नै देब्रे कान काटेका थिए। प्रत्यक्षदर्शी र प्रहरी प्रतिवेदनका अनुसार भ्यान गग र उनका साथी कलाकार पल गौगिन बीच मनमुटाव चल्दै आएको थियो। दुई कलाकारहरूको फरक कलात्मक दृष्टिकोण र उग्र स्वभावका कारण उनीहरूको ‘येलो हाउस’ को बसाइ समेत तनावपूर्ण रहेको बताइन्छ।
आक्रोशको झोँकमा भ्यान गगले रेजर लिएर गौगिनलाई लखेटेका बताइन्छ । तर पछि आफ्नै कोठामा फर्किएर उनले सोही हतियारले आफ्नै कानमा काटेको उल्लेख छ। घटना पछि अर्को दिन बिहान प्रहरीले उनलाई आफ्नै ओछ्यानमा फेला पारेपछि अस्पताल भर्ना गरेको थियो। उक्त घटनापछि इतिहासकारहरूले झगडाको क्रममा गौगिनकै हातबाट अन्जानवश कान काटिएको हुन सक्ने तर भ्यान गगले साथीलाई बचाउन आफैंले काटेको भनेर ढाँटेको हुनसक्ने विवादास्पद बिचार अघि सारेका छन्।
घटनापछि पल गौगिनले तुरुन्तै आल्र्स छोडेर पेरिस फर्किएका थिए। जसले गर्दा दुई प्रभावशाली कलाकारहरूको सहकार्य समाप्त भएको थियो। अस्पतालबाट फर्केपछि भ्यान गगले टाउकोमा पट्टी बाँधिएको आफ्नै तस्बिर बनाएका थिए। एजेन्सी
प्रकाशित: ८ पुस २०८२ ०७:२८ मंगलबार





