नेपालीहरू कुनै सीपबिना नै वैदेशिक रोजगारीमा पुगेर दुख पाउने गरेका छन्। उनीहरूमा हातमा कुनै सीप नभएपछि थोरै पैसामा पनि काम गर्न बाध्य परेका छन्। यस्तो कार्य रोक्न वैदेशिक रोजगारबाट फर्किएका दुई दिदीबहिनीले महिलाको सशक्तिकरणमा जोड दिने उद्देश्यले दक्ष भाषा, सीपसँगै आत्मविश्वासमा जोड दिँदै सयौँ महिलाको सबलीकरणमा जोड दिएका छन्।
पुजा गुरुङ र जस्मिन श्रेष्ठले विदेश जानेका लागि जापुरा कम्पनी नामक कम्पनीबाट विभिन्न सीप दिंदै आएका छन्। जुन कम्पनीले १० बर्से यात्रा पूरा गरिसकेको छ। यस कम्पनीको संस्थापक जस्मिन श्रेष्ठ हुन्। उनीहरूले लामो समयसँगै विदेशमा काम गरेर फर्किएपछि १० वर्षअघि जापुरा कम्पनी काठमाडौंमा खोलेका हुन्।
उनले भनिन्, ‘जापरा भनेको ह्युमन रिसोर्स सम्बन्धीको कम्पनी हो। यस कम्पनीले स्किल वर्करकहरू उत्पादन गर्ने हो। जहाँ जाँदा (विदेश या स्वदेश) पनि विनास्किलको मान्छेचाहिं केही गर्न सक्दैन। त्यसका लागि हामीले नेपाली दाजुभाइ तथा दिदीबहिनीका लागि सीप सिकाउन लागि खोजेका हौं।’
उनले विदेशमा रहँदा धेरै नेपालीले सीप नसिक्दा पाएको दुख सुनाइन्। त्यसका लागि उनीहरूका लागि सानो हेल्प हुने उद्देश्यले कम्पनी खोलेको बताइन्।उनका अनुसार सानो पुँजीबाट सुरु भएको कम्पनी अहिले धेरै महिलाका लागि भरपर्दो काउन्सिलिङ लिने ठाउँ बनेको छ। साथै विदेशका जुनसुकै देश अर्थात साइप्रस लगायतका श्रम गन्तव्य देशहरू जान रुचाउने महिलालाई सुरक्षित र मर्यादित कामका लागि यस कम्पनी भरपर्दो भएको श्रेष्ठको दाबी छ।
आर्थिक जटिलता लगायत पारिवारिक समस्यामा परेकालाई नेपालमै पनि रोजगार दिने बताइन उनले चलाएका ६ एक्टिभ कम्पनीमा कुनै न कुनै कम्पनीमा रोजगार दिने बताइन्। ‘कोही घर चलाउनै समस्या छ भने हामी होस्टेलमा राखेर आफैं भाषा पढाइ दिन्छौं। ‘हामी आफैँले आर्थिक जटिलता झेलेर यहाँसम्म आएको हुँदा प्राथमिकता पैसालाई होइन, समस्याको समाधान राखेका छौं।’
जापुरा ब्रान्डबाट अंग्रेजी भाषा सिकाएपछि हाउस किपिङसम्बन्धीको तालिम दिने गरेको गुरुङले बताइन्। उनले भनिन्, ‘अंग्रेजी भाषा जानेपछि हाउस किपिङसम्बन्धीको तालिम दिन्छौं। होटलमा जाँदै हुनुहन्छ भने यहींमार्फत ट्रनिङ दिन पठाएर दक्ष बनाउँछौं। जापुराका श्रेष्ठ र गुरुङले शिक्षा, ह्युमन रिसोर्स, हस्पिटालिटी र गीतसंगीत चलचित्र क्षेत्रमा समेत लगानी गर्दै आएका छन्।
प्रकाशित: १७ फाल्गुन २०८२ १२:४८ आइतबार

